FLASH NEWS
  • Loading...

‘उत्तर कोरियालाई अमेरिकाले केही गर्न सक्दैन’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

काठमाडौं/ नेपालको लागि उत्तर कोरियाली काउन्सिलर किम जोङ हकले अमेरिकाले उत्तर कोरियालाई केही गर्न नसक्ने बताएका छन् ।
काउन्सिलर हकले उत्तर कोरियाका पूर्व राष्ट्र प्रमुख किम जोङ इलको ७५ औ जयन्तीको अवसरमा नेपाल ट्रेड युनियन फेडेरेशनद्धारा विहीवार आयोजित कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिएका हुन् । ‘उत्तर कोरियाको सैनिक नीति अत्यन्तै बलियो छ’ काउन्सिलर हकले भने- त्यस कारण अमेरिकाले उत्तर कोरियालाई केही गर्न सक्दैन ।’
कार्यक्रममा नेकपा संयुक्तका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले स्वर्गिय किम जोङ इलले कोरियामा गरेको योगदानको चर्चा गरे ।
युनियनका अध्यक्ष गंगाराम खड्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा किम जोङ इलको जीवनमा आधारित वृतचित्र देखाइएकाे गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित