FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको घोषणालगत्तै चितवन लोडसेडिंग मुक्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नेपाल विद्युत् प्राधिकरणले चितवनको औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा विहिबारबाट विद्युत्भार कटौती अन्त्य गरेको छ ।
काठमाडौंलाई लोडसेडिंग मुक्त गरेपछि अरु जिल्लालाई पनि लोडसेडिंग मुक्त गर्ने योजना स्वरुप चितवनमा विहिबारबाट विद्युत्भार कटौती गरिएको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिए ।
उनले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको जानकारी गराए ।
प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा बुधबार भएको कार्यक्रममा एक÷दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै विहिबार नै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो । विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको निर्देशनअनुसार विहिबारदेखि विद्युत्भार कटौतीमुक्त गरिएको बताए । उनले दुईवटा औद्योगिक फिडर बाँकी रहेको र यसको पनि काम भइरहेकाले त्यो फिडरमा पनि छिट्टै विद्युत्भार कटौती अन्त्य गर्ने बताए ।
चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत् मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । भरतपुरमा कुल एक अर्बको विद्युत् कारोबार हुनेगरेको इन्जिनियर पौडेलले बताए । चितवनमा प्राविधिक चुहावट ३ प्रतिशत छ ।
विद्युत् प्राविधिक भरतपुर वितरण केन्द्रले सार्वजनिक सूचनासमेत जारी गरेर विद्युत्भार कटौतीमुक्त भएको जानकारी दिएको हो । यसलाई व्यवहारमा लागू गर्ने सर्वसाधारणले पनि विद्युत् खपतलाई कम गर्नेतर्फ लाग्न भनिएको छ । यसअघि सरकारले काठमाडौं र पोखरालाई विद्युत्भार कटौती मुक्त गरिसकेको छ । विगतमा ३९ प्रतिशत चुहावट भएकोमा पछि चोरी नियन्त्रण अभियान सञ्चालन गरेर चुहावटलाई घटाएको हो । जिल्लामा सडक बत्तीबाट ठूलो रकम उठ्न बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित