FLASH NEWS
  • Loading...

पुँजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध हुनुपर्छ–संयोजक डा भट्टराई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाडौं—नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुँजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्नेमा यसो नभएकोमा दुःख व्यक्त गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा मजदुर संगठनबीच एकता कार्यक्रममा उनले पुँजी लगानी गर्ने मालिक र श्रम लगानी गर्ने मजदुरबीच गतिशील सन्तुलन कायम गरी अघि बढ्न आवश्यक रहेको बताए । संयोजक डा भट्टराईले श्रमिकको रोजगारीको सुनिश्चितता गरी स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउँदै पुँजीको अभावमा रोजगारीको अवसर सिर्जना नहुने र श्रमिकको अभावमा पुँजीको उचित परिचालन हुन नसक्ने भएकाले यसको अन्त्यका लागि पुँजीपति र श्रमिकबीच सन्तुलित सम्बन्ध कायम हुनुपर्ने सुझाव दिए । मुलुकको आर्थिक विकासका लागि पुराना ट्रेड युनियनको निरन्तरता नभई नयाँ सोंच, विचार र कार्यशैलीसहित काम गर्न उच्च वातावरण तयार गर्न मजदुर नेतालाई उनले आग्रह पनि गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित