FLASH NEWS
  • Loading...

वायु प्रदूषणले वार्षिक १० लाखको मृत्यु भारतमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


नयाँ दिल्ली– भारतमा वायु प्रदूषणको मात्रा उच्च रुपमा वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ ।
वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ ।
अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देखिएको हो ।
हेल्थ इफेक्ट्सको प्रतिवेदनमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएभन्दा धेरैको ज्यान प्रदूषणका कारण गएको उल्लेख छ । यसले समस्या थप जटिल बन्दै गएको देखिने सरोकारवालाले बताएका छन् ।
भारतमा वायु प्रदूषणको अवस्था झण्डै चीनमा जस्तै बन्दै गएको हेल्थ इफेक्ट्सले जनाएको छ । हावामा रहेका सुक्ष्म कण सबैभन्दा खतरनाक रहेको अनुसन्धानकर्ताले जनाएका छन् ।
हावामा रहेको सुक्ष्म कणका कारण श्वासप्रश्वास सम्बन्धी रोग तथा फोक्सोको क्यान्सर हुने गरेको छ । प्रदूषणका कारण ज्यान गुमाउनेमा धेरैमा श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर देखिएको प्रतिवेदनमा उल्लेख छ ।
गएको वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निकालेको प्रतिवेदनमा भारतमा प्रदूषण स्वास्थ्यका लागि निकै ठूलो चुनौती बन्दै गएको र धेरैको यही कारण ज्यान गएको उल्लेख थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित