FLASH NEWS
  • Loading...

मधेसी मोर्चाको आफ्नै रटान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरि निर्वाचन र संशोधनबारे नेताहरुसँग राय मागे ।
लामो समय सम्म यी विषयमा छलफल गरिए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने भएन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गरेका थिए भने मोर्चाका नेताले संविधान संशोधन नभई कुनै पनि निर्वाचनमा जान नसकिने अडान लिएका थिए ।
प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकामा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो ।
प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सञ्चालन हुने संसद् संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराए ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुंगो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखे ।
मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित