FLASH NEWS
  • Loading...

राजनीतिक दललाई उपराष्ट्रपतिको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail


त्रिशूली—उपराष्ट्रपति नन्दबहादुर पुनले तोकिएको समयभित्र तीनवटै निर्वाचन गरेर संविधान कार्यान्वयनमा लाग्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
कुमरी गाविस–५ नेपानेडाडामा निर्माण भएको सुकमान मेमोरियल पोलिक्लिनिकको उद्घाटन गर्दै उनले जनताको संविधानलाई कार्यान्वयन गराउन निर्वाचन आवश्यक रहेको बताए ।
उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । हाम्रो नया“ संविधान कार्यान्वयन गराउन निर्वाचन आवश्यक छ । जनताको लामो त्याग पछि आएको संविधान कार्यान्वयन गराउनुपर्छ । यसका लागि दलहरुले सहमती गरेर निर्वाचन गराउनुपर्छ ’ । उनले अस्पतालको महत्व दर्शाउ“दै भने, ‘राज्यले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न ध्यान दिनुपर्छ’ । सुकमान मेमोरियल पोलिक्लिनिक स्थापना भएपछि कुमरी गाविस तथा धादिङको केवलपुर र जीवनपुर गाविसका बासिन्दाले स्वास्थ्य सेवा पाइरहेका छन् । विसं २०७२ वैशाख १२ गतको भूकम्पले भत्काएको पोलिक्लिनिक भवन एक करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिएका हो । ‘नेपालको लागि स्वास्थ्य र शिक्षा’ संस्थाको सहयोगमा सो पोलिक्लिनिक स्थापना गरिएको अध्यक्ष जगत लामाले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित