FLASH NEWS
  • Loading...

गुट उपगुट अन्त्य गरी निर्वाचनमा लाग्नुस् ः डा कोइराला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०२ पटक पढिएको
Post Thumbnail

चितवन, ११ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसभित्रको गुट उपगुटको अन्त्य गरी स्थानीय तहको निर्वाचनमा लाग्नका लागि कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

काँग्रेस चितवन क्षेत्र नं ४ ले आज पश्चिम चितवनको गीतानगरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले स्थानीय तहको निर्वाचन जनताको माग भएकाले यसलाई कसैले टार्न नसक्ने बताउनुभयो । “निर्वाचन मिति घोषणा भएसँगै मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्नु दुःखद् होे, सबै समस्या वार्ताका माध्यमबाट हल गर्नुपर्छ ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान कार्यान्वयन गर्नका लागि हुन लागेको निर्वाचनमा सबै एक भएर लाग्नाको विकल्प नरहेको बताउनुभयो । काँग्रेस चितवन क्षेत्र नं ४ का क्षेत्रीय सभापति सरिता केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेस चितवन क्षेत्र नं ४ का सचिव गोपाल दराईले आर्थिक प्रतिवेदन र क्षेत्रीय सदस्य अमृत बानियाँले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित