FLASH NEWS
  • Loading...

नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ११ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’ को आज उद्घाटन गर्नुभयो ।

नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम, कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको सो तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ ।

सो अवसरमा स्वास्थ्यमन्त्री थापाले दक्षिण कोरियाले छोटे समयमा गरेको समृद्धिबाट नेपालले सिक्नुपर्ने बताउँदै कोरियाले नेपाली युवालाई सम्मानजनक रोजगारी दिइरहेको छ भन्नुभयो ।

दुई देशको आपसी सम्बन्धलाई साहित्य, कला र संस्कृतिका माध्यमले थप जोड्ने भएकाले यस्ता महोत्वसको निरन्तरताको कामना गर्दै उहाँले यहाँको हरेक दुःखमा निःस्वार्थ सहयोगका हात फैल्याएकामा कोरियाप्रति आभार व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष श्रवण मुकारुङले महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने जानकारी दिनुभयो ।

कल्चर फोरमका अध्यक्ष हङ् की सिकले नेपालको कला र संस्कृतिप्रति आफूहरुको अगाध माया रहेको बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित