FLASH NEWS
  • Loading...

मोटरसाइकल बम आक्रमणमा तीनको मृत्यु, २२ घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

सारन (अफगानिस्तान), ११ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।

पाक्टिका प्रान्तको बजार इलाकामा भएको यस मोटरसाइकल बम विस्फोटमा परी कम्ती तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको छ ।

पाक्टिका प्रान्तको जानी खिल जिल्लामा सो विस्फोटन भएको प्रवक्ता मोहमद रहमान आयाजले बताएका छन् । स्थानीय समयाअनुसार मध्याह्न १ बजे सो बम आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा मारिएका र घाइते भएका सबै व्यक्ति सर्वसाधारण रहेका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । रासस÷सिन्ह्वा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित