FLASH NEWS
  • Loading...

सिरियाली समूहका विज्ञ तथा दूतहरूको बैठक जेनेभामा सुरु हुँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail

जेनेभा, ११ फागुन । गएको पाँच वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियामा शान्तिपूर्ण समाधानका लागि पछिल्लो पटक वार्ताको पहल गर्न लागिएको समाचार छ ।

यसअघिका पटकपटकका शान्तिवार्ताले पनि त्यहाँको हिंसाको समाधान गर्न नसकेपछि पुनः यो प्रयास गरिएको हो । यस प्रयोजनका लागि संयुक्त राष्ट्रसङ्घले सिरियासँगको शान्तिवार्ताका लागि भन्दै त्यसअघि सिरियाका बारेमा अध्ययन गरिरहेका विज्ञका साथै सिरियाली समूहका सदस्यको बैठक राखेको छ ।

ती सदस्यमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेषदूतका साथै विज्ञहरू रहेका छन् । संयुक्त राष्ट्रसङ्घ मात्र सिरियाली समूह नामको एक समूह गठन गरिएको छ । सो समूहमा रहेका दूतहरू बैठकका लागि जेनेभा पुग्दैछन् । जेनेभामा उनीहरूको बैठक भोलि २३ फेब्रुअरीमा बस्दैछ । त्यसका लागि सिरियाली समूहका सदस्यहरू जेनेभा पुग्ने क्रम बुधबारदेखि नै सुरु भएको छ ।

राष्ट्रसङ्घीय अधिकारीले उक्त वार्ताका लागि मध्यस्थता लगायतका बारेमा तयारी भएको जनाएका दिएका छन् । उनीहरूले सो बैठकले सकेसम्म चाँडै नै शान्तिवार्ताको वातावरण मिलाउने गरी मध्यस्थतासम्बन्धी बैठक गर्न लागिएको पनि जनाएका छन् ।

सिरियाली समूहअन्तर्गतका राष्ट्रसङ्घीय मध्यस्थकर्ताहरूको बैठकले आजभन्दा करिब १० महिनाअघि पनि शान्तिवार्ताको एक खाका तयार गरेका थिए । तर सो खाकाबमोजिम बैठक भने बस्न सकेको छैन ।

सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि हिंसा जारी छ । यो मध्यस्थतासम्बन्धी बैठकको तयरी गरिएको भए पनि उता सिरियामा हिंसा भने रोकिएको छैन । सिरियामा जारी रहेको सो हिंसाका क्रममा करिब चार लाख नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् ।

भोलिदेखि सुरु हुन लागेको यस आसन्न यस मध्यस्थकर्ताहरूको बैठकपछि शान्तिवार्ताका लागि सिरियाली सहयोग समूहलगायत विभिन्न पक्षलाई वार्ताको पहलका लागि अनुरोध पनि गरिने छ ।
सोही तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ । सिरियामा शान्तिपूर्ण समाधानका लागि विभिन्न क्षेत्रबाट प्रयास भइरहको छन् ।

विशेषदूत माइकल कन्टेटले सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरू आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।

सिरियाली समूहका देशका मध्यस्थतकर्ताको यस बैठकले आगामी शान्तिवार्ताको तयारी तथा वार्ताको नमुना पनि तयार पार्ने बताइएको छ । रासस÷सिन्हवा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित