FLASH NEWS
  • Loading...

अफगानिस्तानमा ४६ आतङ्ककारी मारिए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

काबुल, १३ फागुन । अफगानिस्तानको सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी बिहीबार कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

अफगानी सेना, प्रहरी र गुप्तचर निकाय सहागीता भएको संयुक्त कारबाहीको क्रममा गत २४ घन्टाको अवधिमा ४६ जना आतङ्ककारीको हुनुको साथै १५ घाइते भएका रक्षा मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानका कान्गार्हार, कुन्दुज, कपिसा, खोस्त, पाक्टिया, ताहार र हेल्माण्ड प्रान्तमा सुरक्षा फौजले संयुक्त सुरक्षा कारबाही चलाएको हो ।

सुरक्षा कारबाहीका क्रममा केही हातहतियार पनि भेटिएको र ती हातहतियार नष्ट गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

मारिएका मध्ये १७ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू भएका जनाइएको छ । सो कारबाहीमा मारिनेमा आइएसका एक जना वरिष्ठ कमाण्डर मावलावी नहिम पनि रहेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानी सुरक्षा निकायले सुरक्षा कारबाहीलाई पछिल्लो समय थप शसक्त बनाउदै लगेको छ । तालिवानी र आइएस लडाकूहरुले सन् २०१५ को सुरु देखि अफगानिस्तानका विभिन्न ठाउँमा हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् । रासस÷सिन्ह्वा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित