FLASH NEWS
  • Loading...

नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्छ – राजदूत राय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०८ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १३ फागुन । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई अबका दिनमा सामाजिक, सांस्कृतिक, धार्मिकसँगै आर्थिक साझेदारीका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा राजदूत रायले नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गर्नुभयो ।

“भारतले नेपालमा संविधान जारी हुँदा त्यसमा सबैको सहभागिता भएको देख्न चाहे जस्तै स्थानीय तहको निर्वाचनमा पनि सबैको सहभागिता भएको देख्न चोहेको छ”– राजदूत रायले भन्नुभयो । नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उहाँको भनाइ छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित