FLASH NEWS
  • Loading...

पत्रकार महासङ्घ सल्यानको अध्यक्षमा शर्मा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

सल्यान, १४ फागुन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्र्वाचित हुनुभएको हो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उहाँ निर्वाचित हुनु भएको हो । उहाँ गोरखापत्र दैनिकसँग आबद्ध हुनुहुन्छ ।

यस्तै महासङ्घको उपाध्यक्षमा प्रेस युनियनबाट भरत बस्नेत, महिला उपाध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्गठनबाट प्रगति गिरी, प्रेस चौतारीबाट सचिवमा शङ्कर केसीलाई निर्विरोध चयन गरिएको छ ।

यस्तै सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिवमा भीमबहादुर परियार र कोषध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिनुभयो ।

यस्तै सदस्यमा खुल्लातर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन् । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिलातर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्वत् चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय पाषद्मा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन विसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी चयन हुनुभएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित