FLASH NEWS
  • Loading...

एक वर्षमा ३४ ट्रक चौँरी गाई निकासी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


सोलुखुम्बु, १४ फागुन । करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ ।

जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालका अनुसार गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर सो सङ्ख्याको चाँैरी गाई जिल्ला बाहिर लगिएको हो । एउटा ट्रकमा साना बाच्छाबाच्छी करिब २०÷२२ वटा र ठूला चौँरी १२÷१३ वटाको दरले लैजाने गरेको उहाँले बताउनुभयो ।

सडक सञ्जालले गाउँ जोडिएपछि व्यवसायीले जङ्गलमै पुगेर चौँरी गाई लैजाने गरेका हुन् । जिल्लाबाट सङ्खुवासभा, भोजपुर, पाँचथरलगायतका जिल्लामा लैजान अनुमति माग भएको र कतिपयले पाल्नका लागि लगेको र केही त्यहाँबाट तिब्बत निकासी भएको हुनसक्ने पशु सेवा कार्यालयले जनाएको छ ।

अत्याधिक रुपमा चौँरी गाई अन्यत्र निकासी हुन थालेपछि कार्यालयले नियन्त्रण र सङ्ख्या वृद्धिका लागि चासो देखाएको छ । यसका लागि कार्यालयले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको पशु सेवा अधिकृत दाहालले बताउनुभयो ।

चौँरी गाई बढी मात्रामा पाइने टाक्सिन्दु र काँकु गाविसमा यो कार्यक्रम लागू हुने जनाइएको छ । आगामी आवमा चौँरी गाईको व्यवस्थापनका लागि रु १० लाख ९१ हजार ५०० रकम खर्च गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

सो बजेटबाट चौँरीपालकलाई तालिम, अनुदान तथा चौँरी गाई सुरक्षालगायतका काम गरिनेछ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित