FLASH NEWS
  • Loading...

बर्डफ्लु देखिएपछि नाकामा कडाइ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर पुनले बताउनुभयो ।
“दुईवटा नाकामा कर्मचारी परिचालन गरिएको छ । जिल्लामै भित्रिने सम्भावना कम भए पनि सतर्कता अपनाइरहेका छौँ” – उहाँले भन्नुभयो । बेनीबजारमा रहेको पोल्टी फार्मले तराई क्षेत्रबाट सस्तोमा कुखरा, अन्डा र चल्ला खपत गर्ने गरेका छन् । जिल्ला भित्रिने पर्वत बेनीको नाकामा प्राविधिक सुवास रेग्मी र बागलुङ जोड्ने रत्नेचौरमा टुकनाथ तिवारीलाई खटाइएको छ ।

दुईवटै नाकाबाट भित्रिने पशुपक्षीमा चेकजाँच र आवश्यकताअनुसार परीक्षण गर्ने व्यवस्था मिलाइएको पशुसेवा कार्यालयले जनाएको छ । बिहान बेलुकी लुकीछिपी भित्रन सक्ने सम्भावनालाई समेत मध्यनजर गरी प्रहरीसँग समन्वयन गरिएको छ ।

प्रजिअ राजुप्रसाद पौडेलको अध्यक्षतामा बस्ने जिल्लास्तरीय समितिको बैठकले समेत थप योजना बनाएर बर्डफ्लु नियन्त्रणका लागि आवश्यकताअनुसारको सतर्कता अपनाउने पशुसेवा कार्यालयले जनाएको छ ।

म्याग्दी जिल्लामा पर्वत बेनी हुँदै दैनिक एक हजारदेखि एक हजार ५०० सम्म कुखुरा भित्रिने गर्छ । जिल्लाभित्र नै मासुका लागि पर्याप्त कुखुरा खपत हुने गरेको अवस्थामा मासु पसलका सञ्चालकले सस्तो मूल्यमा बिना परीक्षण मासु ल्याउने गरेको गुनासोसमेत गर्ने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित