FLASH NEWS
  • Loading...

मधेसी मोर्चाको बैठक बिजुलीबजारमा बस्दै, विशेष निर्णय गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १५ फागुन । संविधान संशोधन विधेयक र त्यसमा दर्ता गर्ने भनिएको पूरक प्रस्तावका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अपरान्ह १ बजे बस्ने बैठकमा संशोधन विधेयमाथिको पूरक प्रस्तावका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।

‘संविधान संशोधनमा मधेसी मोर्चाले पूरक प्रस्ताव दर्ता गराउँछ’, उनले भने, ‘के–के विषयमा कसरी अगाडि बढ्न भन्ने छलफल हुनेछ । आन्दोलनको पनि समीक्षा हुनेछ ।’

संसद सचिवालयले संविधान संशोधन विधेयकमाथि पूरक प्रस्ताव दर्ता गराउनका लागि आजै अपरान्ह ५ बजेसम्मको समय दिएको छ । सो समयभित्र पूरक प्रस्ताव दर्ता गराउने तयारी कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले तयारी थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित