FLASH NEWS
  • Loading...

चुनाव घोषणाले जनतामा उत्साह छाएको छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


 प्रेमबहादुर सिंह
मन्त्री , खानेपानी तथा सरसफाई

बि.सं २०१० सालमा जुम्लामा जन्मनु भएका प्रेमबहादुर सिंह पंचायतकालदेखि नै राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँले दैलेख क्याम्पसमा पढ्दादेखि नै राजनीति सुरु गर्नु भएको हो । उहाँ २०२९ सालमा पुुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टर्ीी आवद्ध हुनुभयो र त्यहीबाट राजनीतिमा सक्रिय हुन थाल्नु भयो । २०४८ सालमा एमालेबाट राष्ट्रिय सभा सदस्य बन्न भयो । २०५६ को आम चुनावमा कालिकोटमा एमालेबाट उमेदवार भइ विजयी हुनुभयो । केही वर्षघि देखि भने उहाँ एमालेबाट विरक्तिएर छुट्टै  दल खाेल्नु भएको छ । उहाँले अहिले समाजवादी जनतादलको नेतृत्व गरिरहनु भएको छ ।  के.पी .ओली नेतृत्वको अघिल्लो सरकारमा समेत उहाँ खानेपानी तथा सरसफाइ मन्त्री हुनुन्थ्यो । साविकको सहरी विकास विकास मन्त्रालयबाट खानेपानी तथा सरसफाईको क्षेत्रलाई अलगै सम्बोधन गर्ने गरी गठन उक्त मन्त्रालयको नौ महिना नेतृत्व उहाँले गर्नुभयो । त्यसबेला उहाँले खानेपानी तथा सरसफाई क्षेत्रको महत्व सशक्त रुपमा दर्शाएर यस सम्बन्धी मन्त्रालयलाई निरन्तरता दिन  सफल हुनुभयो । उहाँले अहिले फेरि खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी समाल्नु भएको छ । त्यो जिम्मेवारी पुरा गर्ने क्रममा विभिन्न नीति निर्माण तर्जुुमा गर्न तथा त्यसको कार्यान्यवनको लागि अत्यन्तै दौडधुप गरिरहनु भएको छ । प्रस्तुत छ उहाँसँग वार्ता

खानेपानी तथा सरसफाइ क्षेत्र पहिला सहरी विकास मन्त्रालय अन्तरगत थियो, तर अहिले त्यसबाट फुटाएर छुट्टै बनाइयो,

सरकारले किन यस्तो गरेको , मन्त्रीहरुलाई भाग पुर्‍याउन हो र ?

त्यस्तो होइन, पानी मानिसको नैर्सर्गिक हक हो । मानिसलाई जीउनको लागि पानी चाहिन्छ । पानी बिना मानिसको जीबन मात्रै होइन समस्त प्राणी जगतकै अस्तित्व कल्पनासम्म पानी गर्न सकिदैन । त्यसैले पानी जीबन हो अनि जीवनको आधार हो । पानी प्राणरक्षक हो । त्यसैले पानी मात्र होइन खानेपानीको महत्व अतिनै छ । खानेपानीको संरक्षण तथा जोहो पनि अहिलेको प्रमुख आबश्यकता हो ।
खानेपानी तथा सरसफाई मन्त्रालय खानेपानी तथा सरसफाईको क्षेत्रमा क्रियाशील उच्च सरकारी निकाय हो । पहिले यो क्षेत्र अन्य निकाय अर्न्तर्गत क्रियाशील थियो । तर बिगत करिब दुइ बर्षेखि खानेपानी तथा सरसफाई मन्त्रालय नै क्रियाशील छ । यस क्षेत्रका सरोकारवालाहरुको लामो समयदेखि नै माग थियो, यो क्षेत्रको गाम्भर्ीयताका आधारमा छुटै मन्त्रालय चाहिन्छ । आखिर सरकारले ति तमाम सरोकारवालाहरुको माग सम्बोधन गरेरै छोड्यो अनि यो निकायको स्थापना भयो ।

यहा खानेपानी तथा सरसफाइ मन्त्री हुनुहुन्छ, देशको अहिले खानेपानी र सरसफाई स्थिति कस्तो छ ?

नेपालमा प्रत्येक बर्षकरिव ५० हजार बालवालिकाको मृत्यु विभिन्न कारणले हुने गरेकोमा स्वच्छ खानेपानीको अभाव तथा सरसफाईको कमीले झाडाँपखालाबाट वर्षोनी २४ सय जनाको ज्यान जाने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । अहिले हामीकहाँ आठ मध्ये एक बालवालिका ५ बर्षउमेर नपुग्दै अकालमै मर्छन् । प्रौढ जनसख्या मध्ये पनि धेरैले पानी र पानीजन्य रोगकै कारणले आफ्ना उत्पादनशील दिनहरु गुमाइरहेका छन् । हालसम्म लगभग ८२ प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी तथा ६२ प्रतिशत जनतालाई सरसफाईको सुविधा प्राप्त छ, यद्धपि जम्मा करिव १५ प्रतिशत नेपालीहरुले मात्रै अहिले प्रशोधित खानेपानी उपयोग गर्न पाईरहेको यथार्थता छ । यो तथ्याङ्कले के बताउँछ भने खानेपानीमा पहँुच क्रमशः वृद्धि हुदैछ तर प्रशोधित खानेपानीमा हाम्रो पहुँच भने निराशा लाग्दो स्थितिमा छ । त्यति मात्र होइन, हाम्रो सरसफाईको अवस्थालाई माथि उकास्नु पनि अति जरुरी छ । पानी र सरसफाई एक आपसमा अन्तर सम्बन्धित छन् । यथेष्ठ पानी विना सरसफाईको कल्पनासम्म पनि गर्न सकिदैन  । सरसफाईमा ध्यान दिदा मानिस स्वस्थ हुने, गाउँ /समाज सभ्य देखिने तथा सामाजिक प्रतिष्ठा समेत बढ्ने निश्चित छ ।

यहाँ मन्त्री भएपछि खानेपानी तथा सरसफाई क्षेत्रमा के गर्नुु भयो ?

मैले खानेपानी तथा सरसफाईको नेतृत्व समालेपछि यस क्षेत्रमा धेरै काम भएका छन् । मन्त्रालय खानेपानी तथा सरसफाई मन्त्रालय अस्तित्वमा आइसकेपछि अहिले यो क्षेत्रले दिनानुदिन गुणात्मक फड्को मार्दैछ । जनताको घर आगनमै स्वच्छ तथा गुणस्तरीय खानेपानी उपलब्ध गराउने अभियानले अहिले त्रि्रता पाउँदैछ । नया नया आयोजनाहरु  धमाधम शुरु हुदैछन । राजधानीमा मेलम्ची खोलाको पानी ल्याउने कार्य झन्डै झन्डै अन्तिम अबस्थामा पुगेको छ भने जिल्ला जिल्लामा पानी धमाधम नया नया खानेपानी आयोजनाहरु बन्दैछन । पानीको उपलब्धता संगै सरसफाईको क्षेत्रले पनि सकारात्मक सुधार हुने मौका पाएको छ । घर घरमा शौचालय बनाउने कार्यमा जनताहरुको उल्लेख्य सहभागिता देखिएको छ । अहिलेसम्म करिब ३७ जिल्लाका र करिब २२ सय गाउँ विकास समितिहरु खुल्ला दिसामुक्त भैसकेका छन् । बाँकी जिल्लाहरु पनि खुल्ला दिसामुक्तको दौडमा निकै अगाडि पुगिसकेका छन्
तर्राईका २० जिल्ल्ाामा एक सय ६ वटा वृहत खालका खानेपानी निर्माण गर्ने कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । त्यस्तै दैलेख, सर्ुर्खेत, पाल्पा र काभ्रेको तिमाल लगायतका पहाडि जिल्ल्ाामा डीप बोरिङ बनाउने कार्य भइरहेको छ । काठमाडौमा मेलम्चीको कार्य तीब्र रुपमा भइरहेको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा अन्य विभिन्न ठाउँमा पनि थुपै्र उल्लेखनीय कार्यहरु भएका छन् ।

मन्त्रालयको आगामी योजना के छ ?

सरकारको राष्ट्रिय जल योजना २००५ ले सन २०१७ सम्म सतप्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सुबिधा पुर्‍याउने लक्ष्य राखेको छ । गुणस्तरीय तथा सुरक्षित खानेपानी सुबिधा पुर्‍याउने सम्वन्धमा सन २०१२ सम्ममा १५ प्रतिशत जनसंख्यालाई, सन २०१७ सम्ममा २७ प्रतिशत जनसंख्यालाई, सन २०२७ सम्ममा ५० प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यम स्तरको सेवा पुर्‍याउने लक्ष्य राखेको छ ।
विक्रम सम्बत २०७३ भित्र नेपाललाई खुला दिसा मुक्त देश बनाउने राष्ट्रिय लक्ष्य अहिले मुलुकमा जोड तोडले अगाडि बढिरहेको छ । सरसफाईलाई जनस्वास्थ्य, सामाजिक प्रतिष्ठा र समृद्धिको आधार स्तम्भ मानिन्छ । यसले स्वस्थ, सभ्य र उत्पादनशील मानब विकासका साथै गुणात्मक जीवन निर्माणमा अमूल्य भुमिका खेल्दछ । सरसफाईको अभावमा दिगो विकासको परिकल्पना गर्न सकिदैन । नेपाल सरकारले सन २०१७ सम्ममा देशभरका सबै घरधुरीमा चर्पि निर्माण गर्ने जुन उद्देश्य राखेको छ

मेलम्चीले त काठमाडौका सडक खतम नै भए नी, धुलोको प्रदषणले विजोग नै भो त, यसको रोकथामलाई सरकारले के गर्दैछ ?

काठमाडौका सडकमा मेलम्ची खानेपानीकै समस्या उत्पन्न भएको होइन, यसमा सडक, ढल र विधुत लयागतका अन्य विभिन्न विकायहरुको पनि कमजोरी छ । मेलम्चीले त पाइप हाल्ना साथ सडक पर्ने गरेको छ । हामीले धुलोको समेत व्यवस्थापन गर्दै आएका छौ । तर अन्य निकायले समन्वय नगरी काम गर्दा यस्तो अवस्था आएको हो ।

भनेपछि पूर्वाधार क्षेत्रमा समन्वय गर्ने एउटा छुट्टै निकायको आवश्यकता भएको हो ?

हो अहिले पूर्वाधार क्षेत्रमा समन्वय गर्ने एउटा समन्वयकारी निकायको खाँचो  आवश्कता भएको छ ।

सरकारले स्थानीय घोषणा गर्‍यो, के चुनावको वातावरण बनेको हो  ?

सरकारले स्थानीय चुनाव बैशाख ३१ गते गर्ने घोषणा गरिरसकेको छ । चुनाव घोषणा पनि आफैमा एक खालको वातावरण हो । स्थानीय निकाय भनौ या तह लामो समयदेखि जनप्रतिनिधि विहीन अवस्थाबाट गुज्रिरहेको छ । जनप्रतिनिधि नहुँदा जनताले सानोतिनो समस्यामा पनि धेरै झण्झट व्यहोर्नु परेको छ । त्यही भएर अहिले चुनाव घोषणा हुँदा जनतामा उत्साह छाएको छ । चुनाव घोषणासँगै  निर्वाचन आयोगले चुनावी प्रकृयालाई तीब्र रुपमा अगाडि बर्ढाई रहेको छ ।

मधेसी मोर्चाले संविधान संशोधन नगरेसम्म चुनाव नजाने अडान लिइरहेको छ, उपेन्द्र यादव, डा.बाबुराम भट्टर्राई र विप्लपको पार्टी चुनावमा भाग नलिने निर्णय गरी सके यसरी सबै सहभागि नभई चुनाव शान्तिपूर्ण होला र ?

लोकतन्त्रको मान्यता अनुसार चल्छु भन्ने राजनीतिकले चुनाव अस्वीकार गर्न मिल्दैन । जुन पार्टर्ीी चुनाव अस्वीकार गर्छ, त्यसलाई लोकतान्त्रिक भन्न मिल्दैन । नेपाली काँग्रेस, एमाले , माओवादीसहितका ठूला दल र अन्य थुपै्र पार्टर्ीीुनावको पक्षमा छन् । उनीहरुलाई चुनाव लागिसकेको छ । यस्तो अवस्थामा जनतामा अस्तित्व नभएका केही नदले अस्वीकार गर्दैमा चुनाव रोकिदैन । मलाई लाग्छ, मधेसी दलहरु पनि अन्त्यमा चुनावमा आउँछन् । ३१ ग्ते गते स्थानीय चुनाव भएरै छोड्छ । चुनाव अत्यन्तै शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित