FLASH NEWS
  • Loading...

थापाद्धारा कार्यकर्तालाई चुनावमा जुट्न निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं, १५ फागुन- राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले आफ्ना कार्यकर्ताहरुलाई स्थानीय चुनावमा जुट्न निर्देशन दिएका छन् ।
‘एकता महाधिवेशनपछि राजनीतिमा हामी मजबुद्ध रुपमा स्थापित भएका छौ, यही बेला स्थानीय चुनाव घोषणा भएको छ’ सुदूरपश्चिम र मध्यपश्चिमबाट विभिन्न पार्टर्ीीरित्याग गरी राप्रपामा प्रवेश गरेकाहरुलाई पार्टी मुख्यालयमा आइतवार स्वागत गर्दै अध्यक्ष थापाले भने- नयाँ जोश, जाँगर र उत्साहका साथ तपाईहरु अब स्थानीय चुनावमा जुट्नुस् । पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउने जिम्मेवारी यहाँहरुकै काँधमा छ । त्यसैले तपाईहरु अब सक्रिय भएर लाग्नुस् ।’
अध्यक्ष थापाले मधेसी मोर्चा नआए पनि स्थानीय चुनाव भएरै छाड्ने दाबी गरे । ‘लोकतन्त्रमा चुनावमा भोट हाल्छु भन्न पनि पाइन्छ, हाल्दिन भन्न पनि पाइन्छ’ उनले भने- तर आफूले भोट नहाल्दैमा अरुलाई रोक्न भने पाइदैन । मुलुकमा अहिले एक सय ५० वटा भन्दा बढी राजनीीतक दल छन् । एक दुइवटा दलले बहिष्कार गर्दैमा चुनाव रोकिन्न ।’
राप्रपा दैलेख काठमाडौं सर्म्पर्क समाजद्धारा आयोजित उक्त कार्यक्रममा पूर्व राज्यमन्त्री कुन्तीकुमारी शाही र पार्टीका पूर्व महामन्त्री धवलशम्शेर राणाले पनि समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष थापाले सुदूरश्चिम र मध्यपश्चिमबाट विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका ४ दर्जन भन्दा बढीलाई माला लगाएर स्वागत गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित