FLASH NEWS
  • Loading...

जहाँ यौनसम्बन्ध राख्न अफिसले नै दिन्छ विदा र पैसा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


एजेन्सी । यौन सम्बन्ध राख्न अफिसले नै विदा र पैसा दिन्छ । सुन्दै अनौठो लाग्ने यो चलन स्वीडेनको हो ।

आफ्ना जनताको जीवन सहज होस भनेर स्वीडेनमा यो नियम लागु भएको छ । जसअनुसार अफिसमा काम गर्ने हरेक कर्मचारीलाई एक घण्टाको छुट्टी दिइन्छ । ता कि उनीहरु आफ्नो घर गएर पार्टनरसँग शारिरिक सम्बन्ध राख्न सकून ।

यो ब्रेकका लागि उनीहरुलाई पैसा पनि दिन्छ । यसले प्रेमी र विवाहित जोडीले सँगै समय बिताउने राम्रो मौका पाउछन् ।

कहाँ कस्तो चलन ?

विवाहभन्दा पहिले शरिरिक सम्बन्ध राख्नु अवैधानिकः

साउदी अरबमा विवाहभन्दा पहिले शारिरिक सम्बन्ध राख्नु अवैधानिक छ । यदि कसैले यस्तो गरेको पाइए, वर्षौं वर्ष जेलमा जीवन बिताउनुपर्छ ।

बत्ती बालेर यौनसम्बन्ध राख्न नपाइनेः

हंगेरीमा कुनै पनि जोडीले बत्ती बालेर यौनसम्बन्ध स्थापित गर्न पाउँदैनन् । यदि उनीहरुले यस्तो गरेको पाइए जरिवानासहित जेल पनि जानुपर्ने सम्भावना हुन्छ ।

चुम्बन गर्नका लागि खौरनु पर्छ जुङ्गाः

लोवामा यदि कुनै व्यक्तिको जुङ्गा छ भने महिलालाई सार्वजनिक रुपमा चुम्बन गर्न सक्दैन । यहाँ यो गैह्र–कानूनी हो ।

धोकेबाज श्रीमानको हत्या गर्नु वैधः

हंगकंगमा श्रीमतीले धोका दिने श्रीमानको हत्या गर्न सक्छिन् । सर्त यतिमात्र छ कि हत्या कुनै चीजले नभई हातले गर्नुपर्ने हुन्छ ।

एक मिनटेभन्दा बढि चुम्बन गर्न नपाउनेः

मेरिल्याण्डमा कुनै पनि जोडीले एक मिनेटभन्दा बढि एक–अर्कालाई चुम्बन गर्न पाउँदैनन् । यस्तो गर्नु गैह्रकानुनी हो । यसो गर्दा तपाईंलाई सजायँ पनि हुनसक्छ ।

प्रस्ताव नराखी गर्न पाइँदैन विवाहः

साउथ क्यारोलिनामा प्रस्ताव नराखी कसैले पनि विवाह गर्न पाउँदैन । तर एकपटक औंठी दिएपछि तपाईंले विवाह गर्न अत्यावश्यक छ । यस्तो नगर्दा तपाईंलाई ५ वर्षको जेल सजायँ हुनसक्छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित