FLASH NEWS
  • Loading...

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ ।
तामिल नाडु राज्यको राजधानी चेन्नाईबाट ५३० किलोमिटर टाढा रहेको बन्दरगाह सहरनजिकै सो दुर्घटाना भएको जनाइएको छ ।
सो डुङ्गामा के कति पर्यटकहरु यात्रा गरिरहेका सो भने प्रष्ट नभएको र सो घटना परी ८ व्यक्तिको मृत्यु हुनुको साथै १७ अन्य उद्धार गरिएको एक स्थनीय अधिकारीले जानकारी दिएका छन् ।
सो घटनाको अनुसन्धान जारी रहेको र मृतकको सङ्ख्या भने बढ्ने सक्ने अनुमान गरिएको छ ।
यसअघि सन् २०१२ आसाम राज्यमा अवस्थित ब्रह्मपुत्र नदीमा सामुद्रिक आँधीको कारण भएको डुङ्गा दुर्घटनामा परी १ सय भन्दा बढीले ज्यान गुमाएका थिए । एएफपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित