FLASH NEWS
  • Loading...

राज्यबाटै शोषित छन् सरकारी स्वास्थ्य केन्द्र अनमि

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

 

भरतपुर, १६ फागुन- सरकारी दरबन्दीकै स्वास्थ्यकर्मीहरु राज्यबाटै शोषित छन्  भन्दा अचम्म लाग्न सक्छ, तर यहाँका केही स्वास्थ्य केन्द्रहरुमा भने यस्तो यथार्थता छ । भरतपुर उपहानगरपालिका अन्तरगत संचालित ‘नगर स्वास्थ्य केन्द्र’का स्वास्थ्यकर्मीहरु कम पारिश्रमिकमा काम गर्न बाध्य छन् ।
सरकारले अनमिहरुको तलब स्केल २३ हजार ५ सय रुपैयाँ तोकेको छ । तर यहाँका अनमिहरुले भने मात्र १२ हजार रुपैयाँमा महिनाभर काम गरिरहेका छन् ।
कामको चाप अन्य स्वास्थ्य केन्द्र सरह भए पनि पारिश्रमिकमा भने राज्यले आफूहरुलाई विभेद गरिरहेको चितवन डिमुरास्थित नगर स्वास्थ्य केन्द्रका अहेब चिरञ्जीवी पौडेल बताउँछन् । ‘हाम्रो सेवा अन्य स्वास्थ्य केन्द्रमा जस्तै हो, बिहान १० देखि ५ बजेसम्म खट्नपर्छ’ उनी भन्छन्- तर हामीले पाउने पारिश्रमिक भने सुनाउन पनि लाज लाग्छ । राज्यले हामी माथि विभेद गरेको छ ।’
भरतपुर उपहानगरको वडा नं, २, ५, ११, १३ र १४ स्वास्थ्य केन्द्र अन्य अनमिहरु पनि उनी जस्तै राज्यबाट पीडित छन् । अस्थायी दरबन्दीका उनीहरु मासिक १२ हजार रुपैयाँमै काम गर्नु परेको छ । नगर क्षेत्रभित्र यी स्वास्थ्य केन्द्रहरु नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा संचालन हुँदै आएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित