FLASH NEWS
  • Loading...

मन्त्री स्तरीय कार्यदलले सच्याउँछ कि भन्ने आशा छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail

                 सुवर्ण श्रेष्ठ

अगुवा, शंखरापुर बचाउ अभियान

बि.सं २०२१ साल फागुन १ गते काठमाडौंको इन्द्रायणीमा जन्मनु भएको हो । उहाँले २०३६ सालदेखि राजनीतिमा सक्रिय हुन थाल्नु भयो । जनमत संग्रहमा उहाँ अनेरास्ववियुबाट क्रियाशील हुनुहुन्थ्यो । विद्यार्थीपछि उहाँ अखिल नेपाल किसान संघतिर लाग्नु भयो । त्यही क्रममा २०४२ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताउनु भयो । मुलुकमा बहुदल घोषणा भएपछि बल्ल र्सार्वजनिक हुनुभयो । बहुदलीय व्यवस्थाको सुरुवातसँगै उहाँ इन्द्रायणीकै गाउँ कमिटी सचिव हुनुभयो, त्यसपछि इलाका सचिव हुँदै जिल्ला कमिटी सदस्य बन्नु भयो । उहाँ अहिले एमाले काठमाडाै २ काे क्षेत्रीय कमिटी अध्यक्ष हुनुहुन्छ , दुइ कार्यकाल क्षेत्रीय कमिटीको नेतृत्व गर्नु भएको छ । २०५४ को स्थानीय चुनावमा उहाँ एमालेबाट गाविस अध्यक्षको उमेदवार बनेर विजयी हुनुभयो ।
२०७० को संविधान सभामा निर्वाचनमा एमालेले काठमाडौं २ मा उहाँकै नेतृत्वमा चुनाव परिचालन गरेको थियो, जुन चुनावमा पर्ूव प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधकुमार नेपाल भारी मतले बिजयी हुनुभयो । सरल स्वाभावका श्रेष्ठ राजनीतिसँगै समाजिक कार्यमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । स्थानीय तह पुर्नसंरचना आयोगले ऐतिहासिक शंकरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा विलिय गराएको छ । शंकरापुरका बासिन्दा त्यसविरुद्ध यतिखेर आन्दोलनमा छन् । त्यो आन्दोलनमा श्रेष्ठ लगायतका अन्य केही व्यक्तिहरुले अगुनाई गरिरहेका छन् । प्रस्तुत छ यसबारेमा उहाँसँगको कुराकानी

शंकरापुर बचाउ आन्दोलन गरिरहनु छ, यहाँहरुले छुट्टै नगरपालिका खोजेको हो कि, नाम मात्र मात्र खोज्नु भएको हो ?

साखुँ काठमाडौको एउटा ऐतिहासिक र बैग्लै अस्तित्व बोकेको शहर हो । यसको आफ्नै पहिचाहन छ । यहाँको विविध पक्ष स्वस्थानी कथामा समेत उल्लेख गरिएको छ । चाहे लावण्डेको देश भनौ वा शंकरापुर यसको आफ्नै महत्व छ । यो शहरलाई नगरपालिका बनाउन पंचायतकाल देखि नै प्रयास भइरहेको थियो । तर विभिन्न कारणले त्यसमा ढिला भयो । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि त्यो प्रकृया अगाढि बढ्यो र त्यसपछि उर्मिला अर्याल स्थानीय विकास मन्त्री भएको बेला २०६८ सालमा साँखु क्षेत्रका पुखुलाछी, ब्रयोगिनी, र सुन्टोल गा.विसलाई मिलाएर शंकरापुर नगरपालिका घोषणा गरिएको थियो । २०७० को संविधान सभा चुनावमा मतदाता नामावलीमा शंकरापुर नगरपालिका भनेर बितरण गरिएको थियो । २०७१ का काठमाडौं जिल्ल्ाालाई गाविस विहीन बनाउने योजना अनुसार इन्द्रायणी, लप्सेफेदी र नाङ्लेभारे गाविसलाई पनि शंकरापुरमै हालियो र क्षेत्रफल अलि ठूलो बनाइयो । साँखु अर्थात् शंकरापुर विभिन्न सरकारी निकायको इलाका कार्यालय रहेको ठाउँ पनि हो । हाम्रो माग र अान्दोलन  नाम मात्र परिवर्तनको लागि होइन । शंकरणपुर छुट्टै नगरपालिका हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

शंकरापुर बनाउनको लागि अहिलेसम्म के के गर्नु भयो ?

स्थानीय  तह पर्ुनसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाए लगत्तै हामीले शंकरापुर नगरपालिका गुमेको थाहा पायौ । त्यस्तो खबर सुन्नासाथ पहिलो चरणमा त्यसलाई सच्याउन माग गर्दै प्रमुख पार्टी शिर्षथ नेताहरुलाई ज्ञापन पत्र बुझायौ । यस क्रममा हामीले माघ २ गते उपप्रधान तथा गृहमन्त्री बिमेलेन्द्र निधिलाई भेटेर सच्चयाउन् माग गर्‍यौ । त्यसपछि पूर्व प्रधानमन्त्री तथा नेपाल काँग्रेसका नेता शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालल र पूर्व  प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टर्राई लगायतका नेता कहाँ पुग्यौ र उहाँहरुलाई शंकरापुर नगरपालिकाको ऐतिहासिक महत्व बारेमा अवगत गराउँदै उहाँहरुलाई ज्ञापनपत्र बुझाएर यसलाई कायम राख्न माग गर्‍यौ ।
त्यसपछि विरोध र्‍याली, पर्चा बितरण, मोटरसाइकल र्‍याली, महिला र्‍याली गर्‍यौ । एक दिन शंकरापुर बन्द समेत गर्‍यौ । विरोधको यी विविध कार्यक्रमपछि अहिले हामी आमरण अनसनमा छौ ।

विभिन्न पार्टी शिर्षस्थ नेतालाई ज्ञापन पत्र बुझाउँदा उहाँहरुले शंकरापुरलाई छुट्टै नगरपालिका कायम गर्ने आश्वासन दिनु भएन ?

उप्रधान तथा गृहमन्त्री निधिले कुरै सुन्नु भएन, काँग्रेसका सभापति देउवाले मैले त सच्याउनुपर्छ भनेको तर आयोगले मानेन भन्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले यसमा पहिल्यै लागेको भए यस्तो अवस्था आउने थिएन, अब चाँही अलि ढिला भो भन्नु भयो । एमाले अध्यक्ष ओलीले शंकरापुरलाई जसरी पनि जोगाउनुपर्छ भन्नु भयो । नयाँ शक्तिका डा. भट्टर्राईले त्यो आयोगले दिएको प्रतिवेदन नै ठिक छैन, त्यसलाई मान्न सकिन्न भन्नुभयो ।

पुर्नसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको धेरै भइसक्यो, अहिले स्थानीय तहको चुनाव घोषणा भइसकेको छ, यस्तो अवस्थामा आयोगले गाभिसेकेको नगरपालिका फेरि फुटेर शंकरापुर छुट्टै होला र ?

पुर्नसंरचना आयोगको प्रतिवेदनपछि नुवाकोटमा केही हेरफेर गरिएको छ, तर्राईको केही ठाउँमा पनि हेरफेर गर्ने कुरा आएको छ । त्यसको लागि स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा ३ सदस्यीइ मन्त्री स्तरीय कार्यदल बनाएको छ । त्यसमा मन्त्रीहरु दीपक बोहरा र नविन्द्रराज जोशी छन् । सरकारले स्थानीय तहमा सबैतिरको विवाद टुग्याउने जिम्मा त्यही कार्यदललाई दिएको छ । हामी पनि त्यही कार्यदलप्रति आशावादी छौ ।

मन्त्री स्तरीय कार्यदललाई यस बारेमा जानकारी गराउनु भो त ?

कार्यदल बन्नासाथ हामीले उहाँहरुलाई भेट्यौ र यस बारेमा अवगत गरायौ । हाम्रो मागप्रति उहाँहरु सकारात्मक हुनुहुन्छ ।

उहाँहरुले के भन्नु भो ?

उहाँहरुले साँखु पुरानो शहर हो । तपाईहरुको विरोध सुनिराखेका छौ । शंकरापुरलाई विलय गराउनु हुँदैन भन्नु भयो छ । कार्यदलले त्यसो भनेकै कारण हामीहरु उहाँहरुप्रति बढी आशावादी भएका हौ ।

केही गर्दा पनि शंकरापुर छुट्टै नगरपालिका भएन भने के गर्नुहुन्छ ?

कार्यदलले नै विलय गराउन हुँदन भनेपछि शंकरापुर छुट्टै नगरपालिका होला भन्ने आशा छ, यदि कार्यदलले पनि बेवास्ता गर्‍यो भने शंकरापुर क्षेत्रका बासिन्दा स्थानीय चुनाव बहिष्कार गर्ने अवस्थामा पुग्न सक्छन् । राज्यले बासिन्दालाई त्यो स्थितिमा पुर्‍याउनु हुन्न ।

यहाँ एमाले काठमाडौं क्षेत्र न २ को अध्यक्ष हुनुहुन्छ, स्थानीय चुनाव घोषणा भइसकेको छ , त्यहाँ एमालेको अवस्था कस्तो छ ?

काठमाडौं क्षेत्र न् २ मा संगठन, जनपरिचालन र मतको हिसाबले अन्य पार्टी भन्दा एमाले निकै बलियो छ । सक्रिय छ र सशक्त छ । गत उप चुनावमा पार्टर्ीी तल्लोको कमिटी र जनचाहना विपरितको व्यक्तिलाई उमेदवार बनाएको कारणले एमालेले साँसद पद गुमायो । साँसद पद गुमाएपछि काठमाडौं २ मा अहिले अन्य पार्टी भन्दा एमाले नै सशक्त रुपमा क्रियाशील भइरहेको छ । आउँदो स्थानीय चुनावमा काठमाडौं क्षेत्र न  २ को सबै स्थान हामीले नै जित्छौ । यसमा हामी निर्धक्क छौ ।

पार्टीभित्रको गुटबन्दीले एमाले नाजुक बन्दै गएको छ भन्ने सुनिन्छ नी ?

त्यो अलि पहिलाको र अन्य ठाउँको कुरा होला, यहाँ त्यस्तो छैन । अहिले पार्टीभित्र कुनै गुटबन्दी छैन । काठमाडौं क्षेत्र नं २ मा त पहिला पनि गुटबन्दी थिएन, अहिले झन् हुने कुरै भएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित