FLASH NEWS
  • Loading...

मन्त्रिपरिषदको आकस्मिक बैठक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

सिंहदरबारमा दिउँसो दुई बजे बस्ने मन्त्रिपरिषद बैठकमा राजनीतिक नियुक्तिदेखि सरुवा बढवासम्मका प्रस्ताव आउन सक्ने स्रोतको दाबी छ । मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार नियमित रुपमा बस्ने प्रावधान छ । आजको बैठक आकस्मिक रहेको स्रोतको भनाइ छ ।

निर्वाचन आयोगले आचार संहिता लागूको आन्तिम तयारी गरेको भन्दै सरकारलाई जानकारी पठाएपछि प्रधानमन्त्री दाहालले अकस्मात मन्त्रिपरिषदको बैठक बोलाएको बुझिएको छ ।

निर्वाचन आचार संहिता लागू भएपछि महत्वपूर्ण निर्णय सरकारले आफू खुसी गर्न पाउँदैन । निर्णय गर्नै परेमा आयोगको पूर्व स्वीकृति लिनुपर्ने आचार संहितामा उल्लेख छ ।

वैशाख ३१ गते स्थानीय तहको मतदान हुँदैछ । निर्वाचनको तयारीमा सरकार र आयोगले आ–आफ्नो तर्फबाट तयारी गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित