FLASH NEWS
  • Loading...

प्रधानमन्त्री, कांग्रेस, माओवादी र मोर्चाबीच वार्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


काठमाडौं, १७ फागुन । संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, आफ्नो दल माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई बोलाएका छन् ।

प्रधनमन्त्री निवास बालुवाटारमा हुने छलफलमा संविधान संशोधनको विधेयक परिमार्जनसहित पारित गराउने विषयमा केन्द्रित हुन सक्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए । उनले भने, ‘मोर्चाका तर्फबाट संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता भएको छ । त्यसलाई पारित गराउन दबाब दिने छौँ ।’

मधेसी मोर्चाका केही शीर्ष नेताहरूसँग सोमबार भएको छलफलमा प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनपछि संविधान संशोधनलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । तर, मोर्चाले ठाडै अस्वीकार गरिदिएको थियो ।

एमालेसहितका नौ दलीय विपक्षी गठबन्धनको दबाब र असहयोग भइरहेका बेला प्रधानमन्त्री दाहालले संशोधन विधेयकका विषयमा छलफल गर्न कांग्रेस, मधेसी मोर्चा र आफ्नो दल माओवादी केन्द्रका नेताहरूलाई बोलाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित