FLASH NEWS
  • Loading...

चौरासी हजार मेट्रिक टन तरकारी उत्पादन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

कलैया, १७ फागुन । बारामा चालु आवमा कृषकले हिउँदे तरकारी खेती गरी ८३ हजार ८२२ मेट्रिक टन तरकारी उत्पादन गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार यस वर्ष कृषकले काउली, बन्दागोभी, भन्टा, मुला, गोलभेँडा, खुर्सानीसमेत गरी कुल पाँच हजार ४७५ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी खेती गरेका थिए । प्रतिहेक्टर १५ दशमलव ३० मेट्रिक टन तरकारी उत्पादन भएको साहले बताउनुभयो ।

हाल कलैया बजारमा भन्टा प्रतिकिलो रु ४०, काउली रु १५, बन्दागोभी रु २०, काउली रु सात, गोलभेँडा रु २० र खुर्सानी प्रतिकिलो रु ४० देखि रु ५० मा बिक्री भइरहेको छ । गत आवमा कृषकले कुल पाँच हजार ४६५ हेक्टर क्षेत्रफलमा कुल ८३ हजार ६१४ मेट्रिक टन तरकारी उत्पादन गरेका कार्यालयले जनाएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित