FLASH NEWS
  • Loading...

स्याउ खेती प्रवर्द्धन गर्न कलेज छोडेर रक्सीतिर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

काठमाडौं/ जुम्लाका एक युवा कलेज पढाउन छोडेर रक्सी उत्पादनमा लागेका छन् । जुम्लाका प्रेमबहादुर महत कलेजको जागिर छोडेर रक्सी उत्पादनमा लागेका हुन् ।स्याउ किसानहरुलाई प्रोत्साहन गर्नको लागि आफू रक्सी उत्पादनमा लागेको महतले बताए । ‘जुम्लाको स्याउ बजार नपाएर खेर गइरहेको छ, स्याउबाट आम्दानी लिन नसकेपछि किसानले बोट फाड्न थालेका छन्’ उनले भने- किसानको स्याउ खेर नजाओस् भनेर यसमा लागेको हुँ ।’
महतले २०६८ सालदेखि ए.पी ब्राण्डी उद्योग संचालन गरेका छन् । त्यो उद्योग अन्तरगत उनले अहिले ‘टर्वो’ तथा ‘स्पाइनी व्यावलर’ नामको ब्राण्डी र ए.पी वाइन उत्पादन गरिरहेका छन् । उनका यी उत्पादन अर्गानिक छन् । उद्योगले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब सय जनालाई रोजगारी दिएको छ । उद्योगमा अहिलेसम्म करिब १० करोड लगानी भएको उनले बताए ।
स्याउबाट उत्पादित वाइन र ब्राण्डी अहिले काठमाडौ, पोखरा, बुटबल, नारायणढ, बिराटनगर र धरान लगायतका शहरमा बिक्री भइरहेको छ । उत्पादनलाई विदेशमा समेत पुर्‍याउने तयारी भइरहेको उनले जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित