FLASH NEWS
  • Loading...

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी वन्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • २४९ पटक पढिएको
Post Thumbnail


डडेल्धुरा, २० फागुन । डडेल्धुरामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा सात वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा बाढीपहिरो नियन्त्रणदेखि बायो इन्जिनियरिङ, पानीका मुहान संरक्षण, सिँचाइका लागि पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

जिल्ला भूसंरक्षण, जिल्ला वन, जिल्ला पशु सेवा कार्यालयले भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाविसमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन गर्दै आइरहेका छन् । भित्रिमधेस क्षेत्रका चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि स्थानीयवासीलाई बाढीपहिरोको जोखिमबाट समेत राहत मिलेको जोगवुढा पुन्तुराका डम्बर कामीले बताउनुभयो ।

चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट सिँचाइका लागि पोखरी, कुलो मर्मत, खानेपानी निर्माण गर्ने काम भइरहेको छ । कबुलियती वन, बाँस खेती गरेर आयआर्जन गर्नमा सहयोग पुगेको परशुराम नगरपालिका, शीर्षका स्थानीयवासी निशा नाथले बताउनुभयो । रकम छरिएर आउँदा सोचेअनुसार कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न समस्या आउने गरेको सरकारी अधिकारीको भनाइ छ ।

चुरेमा थुप्रै बजेट छरिएर आउने कारणले पनि पहिरो र बाढीबाट बचाउने कार्यमा ढिलाइ भएको उनीहरुको भनाइ छ । यो आर्थिक वर्षमा मात्रै भित्री मधेसको चुरेक्षेत्रमा तटबन्ध निर्माणका साथै जैविक (बाँस र अन्य बिरुवा) को तटबन्ध लगाउने कार्यसमेत भएको र जैविक तटबन्धले बाढीपहिरोको जोखिम घटाई पानीका मूलसमेत सरंक्षण गर्ने कार्य भइरहेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी गराउनुभयो ।

पछिल्लो समयमा डडेल्धुरा जिल्लामा ३८ हजार चारसय ८९ हेक्टर क्षेत्रफलमा चुरे क्षेत्र फैलिएको समेत सहायक अधिकृत पुडासैनीले जनाउनुभएको छ । चुरे संरक्षणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यका साथै बोटबिरुवा संरक्षण र नर्सरी बनाउने, मूलहरुको सदुपयोग गर्ने जस्ता कार्य तीव्रगतिमा भइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित