FLASH NEWS
  • Loading...

गाउँपालिकाको केन्द्र माग गर्दै बेनीमा प्रदर्शन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


म्याग्दी, २० फागुन । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमूलक विशाल जनप्रदर्शन गरिएको छ ।

रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिको आह्वानमा बिहीबार सदरमुकाम बेनीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकामा समावेश भएका पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरी पाँच गाविसवासीले नाराबाजी सहित विरोध ¥याली गरेका हुन् ।

स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले रघुगङ्गा गाउँपालिकाको केन्द्रको विषयमा देखिएको विवादका कारण गुगल नक्साङ्कनका आधारमा अस्थायी केन्द्रका रुपमा पाखापानीलाई तोकेपछि उक्त केन्द्र अपायक पर्ने पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोलावासीले चरणबद्ध आन्दोनमा उत्रिएका छन् ।

कालीपुलबाट सुरु भएको बृहत् विरोध ¥यालीले गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले साङ्केतिक रुपमा जिल्ला प्रशासन कार्यालयअगाडि ‘काम रोक’ धर्ना दिएर गाउँपालिकाको केन्द्र मौवाफाँटलाई बनाउन दबाबसमेत दिएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै आन्दोलनका अगुवा देवेन्द्र केसी, भवबहादुर भण्डारी, बालकृष्ण सुवेदी, विनोद केसी र गमबहादुर पुनले बहुसङ्ख्यक जनतालाई सास्ती हुनेगरी गाउँपालिकाको केन्द्र तोकिनु गम्भीर गल्ती भएको भन्दै तत्काल जिल्लास्थित राजनीतिक नेतृत्व र सम्बन्धित सरोकारवालाले गल्ती सच्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्ना मागलाई बेवास्ता गरी यथास्थितिमा आगामी निर्वाचन गर्न खोजिएमा त्यसको सशक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिष्कार तथा अवज्ञा गर्ने उद्घोष गर्दै उहाँहरुले गाउँपालिकामा समावेश भूगोलको करिब ८५ प्रतिशत जनसङ्ख्यालाई भौगोलिक सुगमता हुने गरी मौवाफाँटलाई केन्द्र नतोकेसम्म आन्दोलन जारी रहने घोषणा गरेका छन् ।

मौवाफाँट केन्द्र तोक्न माग गर्दै आन्दोलित बनेका स्थानीयवासीले बुधबार जिल्ला निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी गरिसकेका छन् । उनीहरुले गाउँपालिकामा पर्ने बेनी–जोमसोम सडकखण्डको गलेश्वरदेखि बेगखोलासम्मको सडक अनिश्चितकालका लागि बन्द गरेका छन् जसका कारण हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रु समस्यामा परेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित