FLASH NEWS
  • Loading...

तीनै तहको चुनाव गर्न ओलीको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


काँकडभिट्टा (झापा), २० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताउनुभएको छ ।

“वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ”, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको आज ज्यामिरगढीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गर्नुभयो ।

झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्छ उहाँले भन्नुभयो ।

विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित रु ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो । रासस (तस्बिर उपलब्ध छ)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित