FLASH NEWS
  • Loading...

ताेकिएकै मितिमै चुनाव हुन्छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


पोखरा, २१ फागुन । वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ ।

नेपाल वितरण महासङ्घको आज यहाँ आयोजित पाँचाँै साधारण सभामा उहाँले सरकार निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको हुँदा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभयो ।

उहाँले देशका रुग्ण उद्योगलाई पुनः व्यवस्थित गर्दै बेरोजगारीका कारण विदेसिएका युवा शक्तिलाई स्वदेशमै रोजगारी दिने गरी सरकारले तयारी गरिरहेको छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले व्यापारीले केवल मुनाफामा मात्र केन्द्रित नभई सेवा एवम् जिम्मेवारीताको भावना राख्नुपर्ने बताउनुभयो ।

करको दायरामा नजाने प्रवृत्तिले पछि स्वयम्लाई नै अप्ठेरो पार्नेतर्पm गम्भीर बन्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल वितरण महासङ्घका अध्यक्ष डम्बर थापा, महासचिव हरिराज पन्त, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, सिटी रेवानका अध्यक्ष केपी शर्मा लगायतले वाणिज्य क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभामा मुलुकका ३२ जिल्लाका एक सय २० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित