FLASH NEWS
  • Loading...

वरिषठ नेता खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


विर्तामोड (झापा), २१ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन हुन नसके संविधानसभाबाट जारी भएको संविधान असफल हुने बताउनुभएको छ ।

सो पार्टीले आजबाट सुरु गरेको मेची महाकाली अभियानअन्तर्गत विर्तामोडमा आयोजित जनसभामा उहाँले भन्नुभयो — ‘परिवर्तनलाई संस्थागत गर्न संविधान कार्यान्वयन र समयमा निर्वाचन हुनु अनिवार्य छ ।’

नेता खनालले एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानले संविधान कार्यान्वयन र निर्वाचन गराउनका लागि दबाब सृजना गर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका कार्यकर्तालाई पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा नेताद्वय खनाल र माधवकुमार नेपालसहितले स्वागत तथा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मानपनि गर्नुभयो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित