FLASH NEWS
  • Loading...

उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन् ।
काठमाडौंमा मंगलबारबाट आयोजित नवौं वार्षिक ग्लोबल एलायन्स फर बैंक अन् भ्यालुज (जिएबिभि) सम्मेलनमा बाल्दै प्रधानमन्त्री दाहालले बैंक वित्तिय संस्थाहरुले अझै पनि उत्पादनशिल क्षेत्रमा लगानी बढाउन नसकेकोमा चिन्ता व्यक्त गदैं कृषि,पर्यटन, जलविद्युत्मा लगानी बढाउन आग्रह गरे ।
उनले भने,‘अनुत्पादक क्षेत्रमा लगानी ह्रवात्तै बढ्दा यसले बेरोजगारी बढायो, उत्पादनशिल क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले लगानी बढाई स्वोदेशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’
दाहालले वित्तिय पहुँच बाहिर रहेका जनतालाई वित्तिय प्रणालीमा ल्याउन जरुरी रहेको बताउँदै सहरमुखी भन्दा पनि ग्रामिणमुखी बैकिङ सेवा विस्तार गर्न जरुरी रहेको बताएका थिए । उनले भने, ‘सरल माध्यमबाट बैंकिङ सेवा विस्तार गर्न जरुरी छ, अझैपनि कयौं नागरिक वित्तिय पहुँचबाहिर रहनु दुर्भाग्य हो ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले बैंकिङ क्षेत्रले वास्तविक क्षेत्रमा लगानी गरी लोक कल्याणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपालले बित्तीय प्रणलीको अन्तिम उद्येश्य भनेको आम जनताको आवश्यकता पूरा गर्ने नै भएको बताए ।
समय र भुगोल अनुसार केही फरक भएपनि लोककल्याणकारिता सबै समाज र संस्कृतिको अभिन्न अंग भएको गर्भनर उनको भनाई छ । ‘वित्तीय संस्थाले जनताको भावनाअनुसार काम गर्नुपर्छ’ गर्भनर डा. नेपालले भने । मुल्य र मान्यतामा आधारित बैंकिङ प्रणालीमा उनले बिशेष जोड दिए । सन् २००८ को बिश्वब्यापी आर्थिक मन्दीको उदाहरण दिँदै उनले जोखिम समायोजित नाफा र वास्तविक क्षेत्रको लगानीमा जोड दिए ।
अमेरिकी बैंकहरुले जोखिमको पर्वाह नगरी अत्याधिक मात्रामा घरजग्गामा लगानी गरेका काराण सन् २००८ मा बिश्वब्यापी आर्थिक मन्दी छाएको थियो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक मध्यावधी समिक्षा देखि नै बैंकहरुको अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै आएको छ । गाडी कर्जा प्रवाह गर्दा घटिमा ५० प्रतिशत डाउनपेमेन्ट लिनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।
समारोहमा गर्भनरले राष्ट्र बैंकले बित्तीय पहुँच बढाउने, भूकम्पबाट प्रभावित जनतालाई १ प्रतिशत दरमा सहुलियत कर्जा, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन पुर्नकर्जाको ब्यवस्था नीतिगत व्यवस्थाहरु गरिएको जानकारी दिए ।
त्यसैगरी, बिपन्न क्षेत्रमा ५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने र १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिगत ब्यवस्थाहरु पनि गरेको उनले बताए । कार्यक्रममा जिएबिभीका प्रमुख पिटर मार्करले भैगोलिक विविधताले सम्पन्न मुलुकलाई विकास गर्न सके नेपालले छोटो समयमै फड्को मार्न सक्ने बताएका थिए ।
एनएमबी बैंकले एसिया, अफ्रिका, अस्ट्रेलिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपका २८ राष्ट्रहरुमा वित्तीय संस्था चलाइरहेका प्रमुख कार्यकारी डाकेर मंगलबारबाट तीन दिने सम्मेलन आयोजना गरेको हो । एफएमओसँग सहकार्य गर्दै आएको एनएमबी जिएबिभीको सदस्य बैंक हो ।
सम्मेलनमा २८ देशमा दिगो वित्तीय संस्थाहरु सञ्चालन गर्दै आएका ४३ वटा संस्थाका प्रमुख कार्यकारी अधिकृत र बरिष्ठ अधिकारीहरु सहभागी छन् । सहभागीहरुले दक्षिण पूर्वी एसियामा मूल्य मान्यतामा आधारित बैंकिङको उपलब्धि र चुनौतीहरुका बारेमा एनएमबी बैंकबाट जानकारी लिने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित