FLASH NEWS
  • Loading...

भारतबाट थप बिजुली ल्याउने तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भारतबाट थप बिजुली ल्याउने तयारी गरेको छ ।
विद्युत प्राधिकरणले आङ्खना आयोजनाहरुको नियमित मर्मत सुरु गर्न भारतबाट थप एकसय मेगावाट बिजुली आयातको तयारी गरेको हो । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको छ ।
आयोजना मर्मत गर्दा लोडसेडिङ नगर्न र उद्योगहरुलाई लोडसेडिङ मुक्त बनाउने प्रयास स्वरुप भारतबाट थप बिजुली ल्याउन लागिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । भारतबाट आयात गरिने बिजुली प्राधिकरणले भर्खरै निर्माण सम्पन गरेको कुशाह–कटैया र रक्सौल परवानीपुर प्रशारणलाइनबाट ल्याउने तयारी गरिएको छ । दुबै प्रशारणलाइन हालैमात्र निर्माण सम्पन्न भएका छन् । त्यस्तै सब–स्टेशन पनि तयारी अवस्थामा छ ।
दुबै प्रशारणलाइनबाट ५०÷५० मेगावाट बिजुली ल्याउन विद्युत प्राधिकरणले भारतलाई पत्रचार गरेको छ । भारततर्फ भने दुबै प्रशारणलाइनबाट नेपालमा बिजुली पठाउन सक्ने गरी केही पूर्वाधारको काम बाँकी छ । रक्सौलमा भारततर्फ ट्रान्सर्फमर लगायतका केही पूर्वाधार राखिएको छैन ।
त्यसैका लागि आवश्यक ब्यवस्था पनि गर्न प्राधिकरणले भारतलाई आग्रह गरेको छ । विद्युत प्राधिकारणले लेखेको पत्रको भारतले औपचारिक जवाफ पठाएपछि थप बिजुली किन्ने प्रक्रियाको टुंगो लाग्ने छ ।
भारत पनि कुशाह–कटैया र रक्सौल–परवानीपुर प्रशारणलाइनबाट पनि बिजुली दिन सहमत भइसकेको छ । केही हप्ताअघि काठमाडौंमा भएको ऊर्जासचिव स्तरीय बैठकमा यो प्रशारणलाइनबाट थप बिजुली ल्याउने सहमति भएको थियो ।
प्राधिकरणका अनुसार विजुली आयात सुरु भएलगत्तै कालीगण्डकी, मध्यमस्र्यादी, अपर मस्र्यादी, देवीघाट लगायत प्राधिकरणका सबै आयोजनाहरुमा मर्मतको काम क्रमैसँग गरिनेछ । प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार आयोजनाको युनिटको काम सकिएपछि मात्रै अन्य युनिटमा मर्मतको काम गरिनेछ । वर्षा लाग्नुअघि नै सबै आयोजनाको मर्मतसम्भार सक्ने गरी तालिका बनाउने तयारी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित