FLASH NEWS
  • Loading...

ठूला दलहरुको अर्कमण्यताका कारण सप्तरी घटना

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं—मुस्कान सेना पार्टीका अध्यक्ष मुस्कान पौडेलले सप्तरिमा घटेको घट्ना मुख्य राजनीतिक दलको अर्कमण्यताको परिणाम भएको आरोप लगाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पौडेलले यस्तो आरोप लगाएका हुन् । सोमबार सप्तरीमा भएको दुःखद घट्नामा परेर ज्यान गुमाएकाहरु प्रति समवेदना प्रकट गर्दै पौडेलले भने, ‘हिजो सप्तरीमा भएको दुःखद घटनामा परेका घाईतेहरूको स्वास्थलाभको कामना छ, शोकसन्तप्त परिवारजन प्रति धैर्यताको कामना छ, मानिस मर्नु दुःखद कुरा हो, मानिस मर्नु हुँदैन ।’
उनले थपे,‘मधेशमा एमाले जान पाउनपर्छ, त्यसमा मधेशी मोर्चाले अबरोध गर्नु हुँदैन, अतिवादी सोच राखेर एमाले पार्टीले बोल्नु हुँदैन, जनतालाई मार्न पाईदैन, यहाँ तराई र पहाडको नाममा हिँसा भड्काउनु हुँदैन ।’
उनले भने,‘हाम्रा मुख्य दल भनेर आफुलाई परिभाषित गर्नेहरू सबै एक न एक अपराधमा मुछिएका छन्, हामी नेपाली जनताहरूले उनीहरूलाई माफि दिईरहेका छौं, अब मुलुकले निकास पाउने हो भने, सहमतीय सरकार बनाएर अघि जानुपछ, अनि मात्रै स्थानिय निर्वाचनमा जाँदा देशको हित हुन्छ ।’
त्यस्तै सो क्लबमा भएको अर्को कार्यक्रममा राष्ट्रिय शिवसेना पार्टीले सोमबार सप्तरीमा घटेको घट्नाको जिम्मा प्रमुख तीन दलले लिनुपर्ने बताएको छ ।
पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले विज्ञप्ती वाचन गर्दै सप्तरीमा भएको दुःखद् घट्नामा ज्यान गुमाउने सहिदप्रति श्रदाञ्जली व्यक्त गर्दै भने,‘ जनता भन्दा ठूलो निर्वाचन पनि होईन, जनता भन्दा ठुलो राज्यसक्ता पनि होईन, आज मधेशी मर्यो जस्ता गैर जिम्मेवार शब्द बोल्नु जायज होईन, जनता भन्दा संविधान पनि होईन, मुलुकलाई दीर्घकालिन शान्ति र स्थिर राजनीतिक डोरीमा बाँध्ने हो भने, मुख्य तीन दल जो आफुलाई यो देशका ठेकेदार सम्झिरहेका छन्, यो सिण्डिकेटको अन्त्य नभएसम्म हाम्रो देश उँभो लाग्दैन् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित