FLASH NEWS
  • Loading...

हामीले स्याउको अर्गानिक ब्राण्डी र वाइन उत्पादन गरिरहेका छौ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail

प्रेमबहादुर महत
संचालक, ए.पी ब्राण्डी उद्योग

बि.सं २०२९ साल फागुन ८ गते जुम्लाको महत गाउँमा जन्मनु भएका प्रेमबहादुर महत कुनै बेला काठमाडौंका नाम चलेका कलेजमा पढाउनु हुन्थ्यो । अमृत साइन्स कजेलबाट बिएस्सी र मद्रास विश्व विद्यालयबाट एमएसी गर्नु भएका महतले २०५६/०५७ देखि कलेज पढाउन थाल्नु भयो । तर अहिले भने कलेजको जागिर छोडर रक्सी उत्पादनमा लाग्नु भएको छ । उहाँले २०६८ सालमा जुम्लामा ए.पी ब्राण्डी उद्योग स्थापना गर्नु भयो । र अहिले त्यसमै सक्रिय हुनुहुन्छ । उहाँलाई काठमाडौंका भुरन लाखे र ज्योति रेग्मीले साथ दिइरहनु भएको छ । अरु युवा स्वदेशमा पढेर विदेशतिर लाग्छन् तर लाखे भने विदेशमा पढेर ‘स्वदेशमै केही गर्नु पर्छ’ भनेर नेपाल र्फकनु भएको हो । जर्मनबाट एमएसी गर्नु भएका लाखे रसायन सम्बन्धित विज्ञ हुनुहुन्छ । उहाँ अहिले ए.पी ब्राण्डीको बजार प्रबन्धक हुनुहुन्छ । त्यस्तै अर्का युवा ज्योति रेग्मी पनि लामो समय कोरिया बसेर ‘देशमै रोजगारी  सृजना गर्नुपर्छ’ भन्ने भावनाको साथ क्रियाशील हुनुहुन्छ । बानेश्वर मिनभवन निवासी रेग्मीले बा्रण्डीको उपत्यकाको बजारद समाल्नु भएको छ । ब्राण्डी उद्योगमा उहाँहरुको सक्रियताले उद्योमी महतलाई उत्साह मिलेको छ । जुम्लाको स्याउबाट उत्पादित रक्सीलाई सबैतिर पुर्‍याउने दृद्धताको साथ लागि रहनु भएको छ । उहाँको ब्राण्डी उद्योगले बिस्तारै बजार लिदैछ । प्रस्तुत छ, उहाँसँगको वार्तालाप

यहाँ किन कलेज पढाउन छोडेर रक्सी उत्पादनतिर लाग्नु भयो ?

मैले काठमाडौका नाम चलेका कलेजहरु प्नि केही वर्षपढाए । कलेजको जागिर मेरो लागि राम्रै थियो । तर त्यो आफ्नो लागि मात्रै भयो । म सुरुदेखि नै ‘अरुलाई पनि रोजगारी दिन सक्ने खालको केही गर्न सकिन्छ कि’ भन्ने सोचाईमा थिएँ ।
जुम्लाको स्याउ सदियौदेखि बजार नपाएर खेर गइरहेको थियो । काठमाडौमा पढ्दा र पढाउदा पनि त्यहाँको स्याउलाई  सदुपयोगको लागि केही गर्न पाए हुन्थ्यो, जस्तो लागि रहन्थ्यो । अमृत साइन्स कलेजमा पढ्दादेखि नै हामीले स्याउको सुकुटी बनाएर काठमाडौ ल्यायौ । त्यसबेला मुस्ताङमा स्याउको मार्फा उत्पादन भइसकेको थियो । काठमाडौमा स्याउको रक्सीले बजारमा चर्चा पाइरहेको थियो, उता जुम्लामा भने स्याउ बजार नपायँदा कुहिएर खेर गइरहेको थियो । जुम्लामा बाटो पुगेपछि पनि किसानको सबै स्याउ बिक्ने अवस्था देखिएन, एउटै बोटमा फलेको स्याउ कुनै गुलियो, कुनै अमिलो र कुनै टर्र्रो हुन्छ । व्यापारीले गुलियो खालको मात्र छानेर लग्छ, अमिलो र टर्र्रो स्याउ बिक्दैन । तर रक्सीमा भने भने त्यो सबै काम लाग्छ । स्याउ बिक्दा किसानले नयाँ विरुवा लगाउन छोडे, भएका बोट समेत फाड्न थाले । त्यही भएर त्यहाँको स्याउलाई सदुपयोग गर्न जिल्ल्ाा फर्केर स्याउको रक्सी उद्योग खोलेको हुँ ।

उत्पादन तथा बिक्री बितरण अवस्था कस्तो छ ?

ए.पी ब्राण्डी उद्योग घरेलु तथा साना उद्योग अन्तरगतको हो ।  हामी ब्राण्डी र वाइन उत्पादनमा लागेका छौ । अहिले टर्बो तथा स्याइनी व्यावलर ब्राण्डी र ए.पी वाइन उत्पादन भइरहेको छ । हामीले यहाँ उत्पादन गरेको रक्सी बजारमा पाइने अरु रक्सी भन्दा फरक छ । हामीले अर्गानिक उत्पादन गरिहेका छौ । हाम्रा उत्पादन काठमाडौ, पोखरा, बुटबल, नारायगढ, धरान र विरानगर लगायतका शहरमा बिक्री बितरण भइरहेको छ । हामीले बजारको माग अनुसार मात्र उत्पादन गर्दै आएका छौ । मदिरा सेवनकर्ताहरुले अहिलेसम्म स्वदेश तथा विदेशमा उत्पादित स्प्रिट बढी हालेको रक्सी मात्र खाइरहेका छन् । जुनसुकै लेबर भने पनि स्प्रिट र अन्य केमिकल बढी हालेको त्यस्तो रक्सीले टाउँको दुख्ने, वान्ता हुने गर्छ । त्यस्ता रक्सी अत्यन्तै हानिकारक हुन्छन्, मान्छेको ज्यानै जान सक्छ  ।  मदिराप्रेमीहरुलाई पहिला स्याउको रक्सीप्रति त्यति चासो थिएन । अहिले पनि रक्सी बजारमा स्याउको रक्सीलाई निकै महत्व दिन थालिएको छ । मदिराप्रेमीहरु अहिले स्याउको रक्सी भनेपछि हुरुक्ककै हुन थालेका छन् । उनीहरुले स्याउको रक्सी पाएसम्म अन्य रक्सी किन्दैनन । नपाए मात्र बाध्य भएर अन्य रक्सी खाने गरेका छन् ।

स्याउको ब्राण्डी र वाइन विदेश चाही गएको छैन ?

हामीले अहिलेसम्म विदेशतिर पठाएका छनौ । भुरन जी जर्मनमा लामो समय बसेर र्फकनु भएको व्यक्ति हुनुहून्छ । उहाँको विदेशतिर पनि राम्रै सम्बन्ध र सर्म्पर्क छ । अब विदेशतिर पनि सप्लाई गर्ने योजनामा छौ । स्याउको रक्सीको विदेशमा झन् हल्ली खल्ली हुन्छ , त्यस माथि हाम्रो उत्पादन अर्गानिक भएको हुनाले यसको महत्व छ । विदेशमा हुने नेपाली उत्पादनसँग सम्बन्धित प्रदर्शनीहरुमा पठाउने योजनामा छौ ।

यहाँले अर्गानिक रक्सी भन्नु भयो, रक्सी पनि अर्गानिक हुन्छ र ?

हुन त बजारमा अरुले पनि अर्गानिक उत्पादन भनेका छन्, तर ती अर्गानिक होइनन । उनीहरुले भारतबाट स्प्रिट ल्याएर त्यसको प्रयोग गरेका छन् तर हामीले भने त्यसो गरेका छैनौ । पर्ूण्ा रुपमा नै अर्गानिक उत्पादन गरिरहेका छौ । सरकारले जुम्लालाई अर्गानिक जिल्ल्ाा बनाउने घोषणा गरेको छ ।  त्यसको लागि सबैतिरबाट प्रयास भइरहेको छ । त्यसमा हामीले साथ दिएका छौ । हामीले हाम्रो उत्पादनलाई अर्गानिक रुपमै अगाडि बढाउँछौ ।

उद्योगमा अहिलेसम्म कति लगानी गर्नु भएको छ ?

हामीले उद्योगमा अहिलेसम्म १० करोड लगानी गरिसकेका छौ । उद्योगमा नियमित कामदार १० जना छन् । ३० जना सिजलन कामदार छन् । उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा एक सय भन्दा बढीले रोजगारी पाएका छन्।

जुम्लामा यस्तो उद्योग अरु छैनन ?

हुन त जुम्लामा ब्राण्डी अर्को पनि छ तर त्यो व्यवसायिक रुपमा स्थापित हुन सकेको छैन , जति हामी भएका छौ ।

यहाँले जुम्ला जस्तो विकट ठाउँमा उद्योग खोल्नु भयो, समस्या र चुनौति के कस्तो छ ?

स्याउ वर्षा एक पटक फल्छ । रक्सी बनाउन त्यसलाई वर्षभरी नै जोगाएर राख्नर्ुपर्छ । त्यसको लागि कोल्ड स्टोर चाहिन्छ । जुम्लामा ठूलो खालको कोल्ड स्टोर छैन । त्यहाँ स्थानीय स्तरका सरकारीहरुले संचालन गरेको ८/१० टन क्षमताका कोल्ड स्टोर मात्र छन् । ठूलो खालको कोल्ड स्टार नहुँदा स्याउ जोगाएर राख्न सम्स्या छ । जुम्लामा विद्युतको पनि समस्या छ ।
सरकारले कृषिमा वर्षोनी अर्बौ रुपैयाँ लगानी गरेको छ तर कृषकले गरेको उत्पादन जोगाउने तर्फभने त्यति ध्यान दिएको पाइदैन ।
रक्सीमा उत्पादनको गुणस्तर कायम गरिहनु ठूलो चुनौति हुन्छ । त्यस हिसाबले रक्सी उद्योगमा लाग्नु खुकुरीको धारमा हिड्नु जस्तै हो । यसमा सानो चिज बिग्रियो भने त्यसले असर पार्छ र कम्पनी नै बन्द हुने अवस्था आउँछ । हाम्रो देशमा धेरै रक्सी उद्योग यस्तै कारणले बन्द भएका छन् । त्यही भएर हामी यस्ता कुरामा सजक छौ ।  हामीले हरेक उत्पादनलाई गुणस्तर परीक्षण गराएर मात्र बजारमा पठाउने गरेका छौ । गुणस्तरले हाम्रो उत्पादनलाई स्तरीय मानेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित