FLASH NEWS
  • Loading...

जाजरकोट बस दुर्घटना २५ को मृत्यु, ३७ गम्भिर घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


जाजरकोट–सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस विहिबार पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ ।
भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मिटर तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

घाइते बिनाकुमारी खत्रीका अनुसार सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुड्याएको थियो भने बसपार्कबाट अलि पर खोलामा पुगेपछि फेरि दर्जनभन्दा बढी मान्छे थपेको थियो । मान्छे थपेपछि ड्राईभरले जथाभाबी बस हाँकिएको उनीहरुको भनाई छ । यात्रुले गाडी विस्तारै चलाउ भन्दा पनि ड्राइभरले नमानेको कारण दुर्घटना हुन पुगेको थियो । ‘एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन, घाइते खत्रीले भनिन् । अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा भएको र मानिस धेरै हालेका कारण क्षति बढी भएको हो । गाडीमा टाउको समेत ठाडो गरेर बस्ने अवस्था नभएका कारण सो गाडीमा सवार बच्चाहरु रोइरहेका थिए ।

जाजरकोटमा उद्धारका लागि हेलिकोप्टर

सरकारले बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धारका लागि नेपाली सेनाको नाइटभिजन हेलिकोप्टर परिचालन गरेको छ । दुर्घटनाको खबर पाउनेबित्तिकै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले घाइतेको तत्काल उद्धारका लागि नाइटभिजन हेलिकोप्टर पठाउन निर्देशनबमोजिम नै उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।

मृत्यु हुनेहरुमा
१–भेरीमालिका नपा–४ का गणेश बोहोरा
२–भेरीमालिका नपा–४ नदिल चन्द,
३–भेरीमालिका–३ का शान्त सुनार,
४–भेरीमालिका–१० का सन्तोष चन्द,
५–भेरीमालिका–११ का गोपाल सुनार,
६–भेरीमालिका–११ का बहादुर भण्डारी
७–भेरीमालिका–११ का शर्मिला सुनार
८–दसेरा–१ का डिलबहादुर बुढा
९–दसेरा–२ का मनिराम जैसी,
१०–सिमा–९ का मदन पुन,
११–लहँ–४ का रामबहादुर बस्नेत,
१२–साल्म–५ का नन्दलाल जैसी,
१३–पजारु–८ का नैने दमाईं,
१४–मजकोट–७ का दले तिरुवा
१५–रुकुम चौरजहारीका कृष्णबहादुर गिरी
१६–भेरीमालिका–११का हिउसा गिरी छन्
अन्य मृतकको सनाखत हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित