FLASH NEWS
  • Loading...

भारतीय गोलीले एक नेपालीको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर— ह्मपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हु“दा एकजना नेपाली युवकको मृत्यु भएको छ ।
नेपाल–भारत २ सय नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्मपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद भएको थियो । विवादमा दोहोरो ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर पुनर्वास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।
एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजा“दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ह्मपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरूलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।
प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । ‘यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौ“ ।’प्रहरीले भन्यो – ‘भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।’घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द पनि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । पुनर्वासका स्थानीयवासीले भारतको स्थानीय सहर बसाइन जाने बाटोमा ह्मपाइप राखिरहेका थिए । पुनर्वास क्षेत्रमा सीमा अतिक्रमणको विषयलाई लिएर यसअघि पनि किचलो हुने गरेको थियो ।

कञ्चनपुर घटनाप्रति सरकारको विरोध

सरकारले भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति स्तब्ध भएको जनाएको छ ।
गृह मन्त्रालयले विहिबार साँझ विज्ञप्तिमार्फत नेपाल भारतबीच सहज आवागमनका लागि पूर्व सहमतिअनुरुप निर्मित कल्भर्ट सरोकार भएकासँग कुनै छलफल संवाद नगरी भारतीय पक्षले एकपक्षीय रुपमा भत्काएपछि त्यसको विरोधमा उत्रिएका नेपालीलाई गोली प्रहार भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार भारतका सीमा रक्षकले आवेगमा प्रहार गरेको गोली लागेर घाइते भएका गोविन्द गौतमको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटामा नै निधन भएको थियो ।
पुनर्वास नगरपालिका–८ आनन्दनगर नजिक नेपाल–भारत सिमानामा दुई देशका स्थानीय अधिकारीबीच यही फागुन १० गते भएको सहमतिअनुसार नगरपालिकाले कच्ची कल्भर्ट बनाएको थियो । उक्त कल्भर्टलाई बुधबार भारतीय पक्षले भत्काएका विषयमास्वतःस्फुर्त विरोध भएको थियो । दुवै पक्षबीच भएको विवादमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले एक्कासि फायर गरेको जनाइएको छ ।

नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति

गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ । विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखांकन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी गराए ।

 देउवा र भट्टबाट दुःख व्यक्त

नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत स्थानीय आनन्द बजारमा भारतीय पक्षले चलाएको गोली लागी गोविन्द गौतमको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीबीच गत फागुन ७ गते भएको सहमतिअनुसार पुनर्वास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक र दुर्भाग्यपूर्ण घटनाको रुपमा मैले लिएको छु।, एक स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक नेपालको नागरिक भारतीय पक्षको गोली प्रहारबाट मारिनु अत्यन्त गम्भीर घटना भएको उनको भनाइ छ । सो घटनाका सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरेर घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही अगाडि बढाउन, मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नाका साथै नागरिकको जिउधनको सुरक्षा गर्नेलगायत सबै दायित्व पूरा गर्न उनले सरकारसँग माग गरेका छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र)का प्रदेश नं ७ का इन्चार्ज लेखराज भट्टले अन्तर्राष्ट्रिय सीमामा रहेका स्तम्भका विषयमा दुई देशका उच्च अधिकारीबीच छलफलका माध्यमबाट समाधान खोज्न सकिने अवस्थामा सीमा क्षेत्रभन्दा आठ सय मिभित्र छिरेर भारतीय सीमा सुरक्षा बलले गोली प्रहार गरी नेपालीको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए । उनले विज्ञप्तिमा प्रकाशित गरि भनिएको छ, ‘विवादित सीमा क्षेत्रमा ह्युमपाइप राखी अस्थायी समाधान खोज्ने दुई देशका अधिकारीबीच यसअघि सहमति भइसकेको अवस्थामा भारतीय पक्षबाट भएको दमनले दुई देशको सम्बन्धमा समेत नकारात्मक असर परेको छ ।,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित