FLASH NEWS
  • Loading...

भौगोेलिक अखण्डता र एकतामा आँच पु¥याउन कु–चेष्टा भएको देखिन्छ – रक्षामन्त्री खाँण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २७ फागुन । रक्षामन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रिय हितविरुद्धमा हुन सक्ने सबै गतिविधिको सरकारले सूक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताउनुभएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिमको आज समापन समारोहमा उहाँले भन्नुभयो – “नेपालको भौगोेलिक अखण्डता र एकतामा आँच पु¥याउन विभिन्न समूहबाट कु–चेष्टा भएको देखिन्छ ।

नेपाल सरकार र नेपाली जनताले त्यस्ता दुष्प्रयास गर्ने कुनै पनि व्यक्ति, समूह र दललाई विफल पार्ने छन्, मन्त्री खाँणले भन्नुभयो– “नेपालको राष्ट्रियता, एकता, भौगोलिक अखण्डता र प्रजातान्त्रिक प्रणालीबाट नै नेपाल र नेपालीको हित संरक्षण हुनुका साथै देशमा शान्ति, सुरक्षा र विकासले प्रमुख महत्व पाउनेछ भन्नुभयो ।”

उहाँले नेपालको राष्ट्रिय हितको पहिचान, संरक्षण र संवद्र्धनका लागि सरकारबाट पारित राष्ट्रिय सुरक्षा नीतिले मार्ग निर्देशन गरेको बताउँदै राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही प्रतिरक्षा नीति गर्ने कार्य भइरहेको र त्यसले सुरक्षा सुदृढ बनाउन थप मद्दद गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सुरक्षा सेना र प्रहरीको जिम्मेवारी मात्र नभई यो समग्रमा सरकार र जनताको सामूहिक प्रयासमा निर्भर रहेको हुन्छ, मन्त्री खाँणले भन्नुभयो ।

कलेजका प्रमुख एवम् उपरथी देवेन्द्र मेधासीले कलेजले सबै सुरक्षा निकाय र सरोकारवाला मन्त्रालयका प्रतिनिधिलाई राष्ट्रिय सुरक्षाका विषयमा उच्चस्तरीय तालिम प्रदान गर्ने कामलाई प्राथमिकतामा राखेर गरिहेको बताउनुभयो ।

विसं २०४९ मा स्थापित उक्त कलेजमा नेपाली सेना, छिमेकी मुलुकका सेनाका अतिरिक्त पछिल्लो समय राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासम्बन्धी तालिम दिँदै आएको छ । यस वर्ष सञ्चालन भएको १० दिने उच्चस्तरीय तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रथम श्रेणी र निजामती सेवाका उपसचिवस्तरका १८ जनाको सहभागिता थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित