FLASH NEWS
  • Loading...

करिब डेढसय मेगावाट विद्युत् अबरुद्व

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail


काठमाडौं– भारतबाट आयत गरिएको डेढसय मेगावाट विद्युत् रोकिएको छ ।
भारतको मुज्जफरपुरमा चट्याङ पर्दा नेपाल आउने झण्डै डेढसय मेगावाट बिजुलीको प्रशारण अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार चट्याङले मुज्जफरपुरतर्फको लाइटनिङ एरेस्टर बिगारेको छ ।
मुज्जफुरपुर–ढल्केबर अन्तरदेशीय प्रशारणलाइनबाट आउने १ सय ४५ मेगावाट विजुली अवरुद्ध रहेको र प्रशारणका लागि प्रयास भइरहेको छ । शुक्रबारदेखि सुरु भएको वर्षाले नदीमा जलस्तर बढ्न गई विद्युत् उत्पादन थप भएपछि भारतबाट झण्डै डेढ सय मेगावाट बिजुली आपूर्ति बन्द हुँदा पनि लोडसेडिङ भएको छैन् ।
उक्त प्रसारणलाइनबाट बिजुली आपूर्ति संचालनमा ल्याउने प्रयास जारी रहेको छ । भारततर्फ समस्या आएकाले आपूर्ति सुचारु हुन कति समय लाग्छ भन्ने अवस्था नरहे पनि एक÷दुई दिनमा नियमित आपूर्ति हुने अपेक्षा गरेको छ ।
शुक्रबारदेखि वर्षा भएपछि नदीमा जलस्तर बढेर विद्युत् उत्पादन थप भएपछि भारतबाट बिजुली बन्द भएपनि लोडसेडिङ नभएको हो ।
राजधानीमा शुक्रबारदेखि सुरु भएको हावाहुरीले लाइन ट्रिप हुने र ट्रान्सफरमर जल्ने कारणले गर्दा काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिमा समस्या भइरहेको छ । धेरै पुराना प्रसारणलाइन संरचना भएकाले हावाहुरी लाग्न साथ वितरण प्रणालीमा समस्या आउन गरेको छ । उपत्यकाका धेरै स्थान बारम्बार बिजुली गइरहने र कम भोल्टेजमा बिजुली प्रवाह हुने गरेको छ । खिम्ती ढल्केबर प्रसारणलाइनमा ट्रिपिङ भएपछि विद्युत् आपूर्तिमा समस्या आएको थियो । अझै पनि कतिपय स्थानमा बिजुली आपूर्तिमा अवरोध आइरहेको छ ।
पुराना प्रणालीलाई विस्थापन गरेर नयाँ अटोमेसन प्रणालीमा जान तयारी भइरहेको जानकारी गराईएको छ । हाल एसियाली विकास बैंक (एडीबी) को सहयोगमा राजधानीमा भूमिगत विद्युत् प्रणालीका लागि काम हुन लागेको छ । पुराना प्रणालीले गर्दा उपत्यकाको विद्युत आपूर्तिमा बारम्बार समस्या आएको कारण सो भूमिगत प्रणाली सुरु गर्न लागिएको हो । यसैविच, आगामी मंसिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन ।
०७१ मंसिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मंसिरभित्र उत्पादन दिने दाबी गरेका थिए तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था छ ।
आयोजना प्रमुख हरि देवकोटाका अनुसार भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री बेलामा आउन नसक्दा अवधि करिब एक वर्ष अझै लम्बिने संकेत देखिएको छ । ‘अहिलेसम्म ६५ प्रतिशत प्रगति हुनुपर्ने हो’ उनले भने,‘अहिले टनेलमा केही बढी ३५ प्रतिशत जति प्रगति देखिए पनि समग्रमा सन्तुष्ट हुन सकिने प्रगति छैन ।’
उनका अनुसार पछिल्लो समय टनेल, पावरहाउस र बाँधको काम भएको छ । यही गतिमा जाँदा ०७५ असार मसान्तसम्ममा मात्रै उत्पादन दिन सकिने अवस्थामा पुग्ने अनुमान गरिएको उनले बताए । आयोजनाको शिलान्यास लगत्तैका केही महिना कामअघि बढ्न सकेको थिएन । चौधरी ग्रुपसँग मिलेर निर्माणमा साझेदारी गर्न प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनी प्रालिले पछि लगानीमा चासो नदेखाउँदा करिब चार महिना ढिला काम सुरु भएको आयोजनाले जनाएको छ ।
कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोपावरले पछिल्लो समय फेवा कन्स्ट्रक्सनलाई सब–कन्ट्याक्टमा केही भागको काम जिम्मा लगाएको छ । हाल टनेल, बाँध र पावरहाउस निर्माणको काम धमाधम भइरहेको बताइएको छ ।
कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ८०० मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ । आइतबारसम्ममा ९६० मिटर टनेल पूरा भएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए । हालसम्म करिब ६० करोड खर्च भएको आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित