FLASH NEWS
  • Loading...

कुनै हालतमा स्थानीय तहको निर्वाचन गर्ने उपप्रधानमन्त्रीको दावी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले कुनै हालतमा स्थानीय तहको निर्वाचन गर्राई छाड्ने आश्वासन दिएका छन् ।
रिपोर्र्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा निर्वाचनको काम युद्धस्तरमा भइरहेको बताउँदै निर्वाचन हुने/नहुने भन्नेबारे शंका उपशंका नगरी ढुक्क हुन आग्रह गरे । सरकार निर्वाचनका लागि जुटिरहेको बताउँदै निर्वाचन निश्चित रूपमा हुने उनले दावी गरे । उनले भने, ‘निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्, सबै दलका नेता तथा कार्यकर्ताहरू निर्वाचनका लागि जुट्नुहोस् ।’
उनले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्नका लागि आफू सरकारमा सहभागी भएको बताउँदै सरकारले संसद्मा ल्याएको संविधान संशोधन विधेयकलाई यथास्थितिमा सहयोग नगर्ने पनि स्पष्ट पारे ।
उपप्रधानमन्त्री थापाले संविधान जारी भएपछि पहिलोपटक २० वर्षछि स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो निर्वाचनमा कुनै पनि दल वञ्चित हुन नहुने धारणा व्यक्त गरे । उनले भने,  ‘मधेसकेन्द्रित आन्दोलनरत दलहरूलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्छ ।’
उपप्रधानमन्त्री थापाले लामो समयदेखि काम गरेको राप्रपालाई छाड्नु डा प्रकाशचन्द्र लोहनीको कदम आत्मघाती भएको विचार व्यक्त गरे । उनले भने, ‘पार्टी भित्र चित्त नबुझेका कुरा छलफल गरेर अगाडि जान सकिन्थ्यो तर पार्टी छाेड्नु राम्रो काम होइन ।’ डा लोहनीले गल्ति गरेको भन्दै उनले पार्टी छाेड्दैमा राप्रपालाई कुनै फरक नपर्ने उपप्रधानमन्त्री थापाको दावी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित