- Loading...
केरुङ नाका तीन वर्षमा व्यवस्थित हुन्छ
- गोल्डेन खबर
- ७ साल अघि
- १४८ पटक पढिएको
छ्वाङ तेन्जिङ तामाङ
साँसद, एमाले, रसुवा
बि. स. २०२० साल असोज २० गते रसुवाको धुन्चे गा.वि.स वडा नं ३ जन्मनु भएका छ्वाङ तेन्जिङ तामाङ तीन दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ ।
छ्वाङमा गाउँ समाजको लागि केही गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो । सोझासिधा बासिन्दालाई थियोमिचो गर्नेहरु उहाँलाई पटक्कै मन पर्दैनथ्यो । त्यही कारण उहाँ बाल्यकालबाटै वामपन्थी स्वभावको हुनुभयो ।
रसुवा मा.विबाट २०३९ सालमा एसएलसी उतीर्ण गरेर थप अध्ययनको लागि उहाँ काठमाडौ भर्नु भयो र महेन्द्ररत्न क्याम्पसमा भर्ना हुनु भयो । त्यसबेला उहाँ वडा अध्यक्ष समेत हुनुहुन्थ्यो । ताहाचाल क्याम्पसमा तत्कालीन अवस्थामा पूर्वमन्त्री महेन्द्र पाण्डे त्यो क्याम्पसमा प्रोफेसर हुनुहुन्थ्यो । एमाले सचिव योगेश भट्टराई स्ववियू सभापति हुनुहुन्थ्यो । छ्वाङले उहाँहरुसँग संगत गर्नु भयो अनि अनेरास्ववियूमा सक्रिय हुन थाल्नु भयो । आइ .सम्मको अध्ययनपछि २०४३ सालमा उहाँ जिल्ला फर्कनु भयो र रसुवा मा.विमै अस्थायी रुपमा प्रावि तहलाई पढाउन थाल्नु भयो । बहुदलीय व्यवस्थापछि विद्यालयमा राजनीति सुरु भयो । पार्टीहरुले फरक आस्थाका शिक्षकलाई हटाउने र आ आफ्ना पक्षका शिक्षकलाई खोजी खोजी विद्यालयमा जागिर खुवाउने गर्न थाले । २०४८ को आम चुनाव पछि नेपाली काँग्रेसको बहुमतको सरकार बन्यो । गोविन्दराज जोशी शिक्षा मन्त्री भए । शिक्षामन्त्रीको आडमा देशैव्यापी अस्थायी रुपमा कार्य गरिरहेका वामपन्थी शिक्षकलाई हटाउन थालियो । त्यही क्रममा ९ वर्षदेखि पढाई रहेका छ्वाङ्लाई विद्यालयबाट हटाइयो । उहाँ गणित बिषयको राम्रो शिक्षक हुनुहुन्थ्यो । विद्यालयमा खेलकुदको जिम्मेवारी पनि वहन गरिरहनु भएको थियो । राम्रोसँग पढपाठन गराइरहेका छ्वाङलाई हटाएपछि रसुवाका नेपाली काँग्रेसका कार्यकताहरु समेत शिक्षा मन्त्रीप्रति रुष्ट भए । ट्वाङलाई विद्यालयमा राख्नको लागि गाउँका बासिन्दाले नेपाली काँग्रेसकै नेतृत्वमा शिक्षामन्त्री समक्ष ज्ञापन पत्र बुझाए । तर शिक्षामन्त्रीले ‘वामपन्थीलाई बोकेर आउने हो ?’ भन्दै जिल्लाका नेता तथा कार्यकर्तालाई हप्काएछन् । त्यसपछि छ्वाङले विद्यालयको जागिरबाट हात धुनुप¥यो । विद्यालयबाट निस्कासित भएपछि उहाँ सशक्त रुपमा राजनीतिमा होमिनु भयो । २०४९ को स्थानीय चुनावमा धुन्चे गाविसमा एमालेबाट उपाध्यक्ष उमेदवार हुनु भयो । स्थानीय चुनावमा रसुवामा नेपाली काँग्रेस र राप्रपाबीच गठबन्धन भयो । अध्यक्ष र उपाध्यक्ष लगायतका पद यी दुई पार्टीबीच बाँडफाड भयो त्यही कारण छवाङ थोरै मतले पराजित हुनुभयो । चुनाव हारे पनि उहाँ राजनीतिमा र सामाजिक कार्यमा सक्रिय भएर लाग्नु भयो । जसको कारण २०५४ को स्थानीय चुनावमा एमालेबाट गा.वि.स अध्यक्षमा उमेदवार भई निर्विरोध हुनु भयो । उपाध्यक्ष लगायतका अन्य पदमा भने चुनाव भयो । अध्यक्षमा उहाँ निर्विरोध भएकै कारण उपाध्यक्ष लगायतका सबै पदमा एमालेकै उमेदवार विजयी भए । उहाँ अहिले समानुपातिकबाट रसुवाको साँसद हुनुहुन्छ । पर्यटकीय जिल्ला रसुवा रसुवागढी–केरुङ नाका खुलेपछि निकै चर्चामा आएको छ । एमाले जिल्ला कमिटी सदस्य टीका देवकोटा मार्फत पत्रकार तीर्थ न्यौपानेले उहाँकै घर धुन्चेमा पुगेर जिल्लाको विविध पक्ष बारे गरेको संक्षिप्त कुराकानी
यहाँ राजनीतिमा कस्तो प्रेरणाबाट कहिले देखि लाग्नु भयो ?
म साथैदेखि अलि वामपन्थी स्वभावको थिए । गाउँ समाजमा हुने गरेको थिचोमिचो, अन्याय अत्याचार र थिचोमिचो पटक्कै पन पर्दैनथ्यो । २०३९ सालमा एसएलसी पास गरेपछि काठमाडौ गएँ र महेन्द्ररत्न क्याम्पस, ताहाचलमा भर्ना भए , पूर्वमन्त्री महेन्द्र पाण्डेले त्यसबेलामा पढाउनुहुन्थ्यो, हामी उहाँहरुसँगै पढ्थ्यौ । एमालेको सचिव योगेश भट्टराई त्यसबेला स्ववियु सभापति हुनुहुन्थ्यो । उहाँहरुकै प्रेरणा र सरसंगतबाट म त्यही बेलादेखि राजनीतिमा सक्रिय भएको हुँ ।
सरकारले स्थानीय चुनाव घोषणा गरिरसकेका छ, यसलाई रसुवावासीले कस्तो रुपमा लिएका छन् ?
मुलुक १४ वर्षदेखि स्थानीय जनप्रतिनिधि विहीन अवस्थामा छ, स्थानीय चुनाव नभएकामे १९ वर्ष भइसकेको छ । अघिल्लो पटक स्थानीय चुनाव हुँदा गर्भमा रहेकाहरु अहिले मतदाता भइसकेका छन् । लामो समयपछि मुलुकमा स्थानीय चुनाव हुन लागेको छ । स्थनीय तहमा जनप्रतिनिधि नहुँदा बासिन्दाले ज्इादै दुःख पाएका थिए । यस्तो अवस्थामा चुनाव घोषणा हुँदा जनता उत्साहित भएका छन् । बासिन्दा भोट हाल्न आत्तिएका छन् । उनीहरुले बैशाख ३१ क्हिले आउला भनेर पर्खिरहेका छन् ।
रसुवागढी केरुङ नाकाको अवस्था कस्तो छ ?
रसुवागढी– केरुङ काठमाडौबाट तिब्बत जोड्ने सबै भन्दा कम दुरीको नाका हो । पासाङ ल्हामू मार्गबाट धुन्चे, स्याप्रु, टिमुरे हुँदै रसुवागढी सम्मको दुरी एकसय ६० किलोमिटर छ । अझै टोखाबाट आउने हो भने त एक सय किलोमिटर मात्रै पर्छ । रसुवागढीबाट केरुङ २४ किलोमिटर छ ।
ऋति आवश्यक र महत्वपूर्ण मानिएको यो नाकालाई व्यवस्थित र स्तरीय बनाउने कार्य अहिले तीब्र रुपमा अगाडि बढिरहेको छ । निर्माण कार्यमा सेना खटिरहेको छ । एकीकृत भंसार कार्यालयको डीपीआर भयो । सुख्खा बन्दरगाहाको लागि जग्गाअधिग्रहण गर्ने कार्य भएको छ ।
सडक कति लेनको हुन्छ ?
अन्तर्राष्ट्रिय नाका, त्यसमा पनि राजधानीसँग जोडिने भएको हुनाले सडक ठूलै हुन्छ । सडक ३÷४ लेनको बनाउने योजना छ । असाध्यै अप्ठ्यारो ठाउँ कही कही त्यो भन्दा अलि सानो होला तर अन्य स्थानमा ठूलै हुन्छ ।
निर्माण कार्य कहिलेसम्म पुरा हुन्छ ?
सेनाले सडक तीब्र रुपमा बनाइरहेको छ । सेनाले तीन वर्षभित्र अर्थात् सन् २०२० सम्म कालोपत्रेसहितको कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई स्तान्तरण गर्ने संझौता भएको छ । सेनाको तोकिएको समयवधिमै सडक निर्माण कार्य सम्पन्न गर्नेमा हामी विश्वस्त छौ ।
जिल्लाको अन्य ठाउँका सडक तथा बाटोको अवस्था कस्तो छ ?
२०७० को संविधान सभाको चुनावपछि जिल्लाको नेतृत्व एमालेको हातमा आएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा जर्नादन ढकाल प्रत्यक्ष निर्वाचित साँसद हुनुहुन्छ । म सामानुपातिकबाट छु । हामी दुबै जना जिल्लाको समग्र विकासमा क्रियाशील छौ । बाटो, खानेपानी, विद्युत, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौ । हाम्रो सक्रियताकै कारण हिजो बाँदर हिड्न नसक्ने भीरहरु आज गाडी हिड्ने भएका छन् । सानो भार्खू, ब्रबल हूादै ठूलो स्याप्रु तथा रोङगा् बाटो निर्माण भएको छ । चिलिमे गोल्चुन लगायतका ग्रामीण सडकलाई प्राथमिकता साथ अगाडि बढाइरहेका छौ । पदमार्गलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ । गोडेटो तथा गोरेटोहरु पनि व्यवस्थित भइरहेका छन् ।
विद्युत तर्फ के भइरहेको छ ?
जिल्लाभित्र विद्युतीकरण कार्य दूत्र गतिमा भइरहेको छ । रसुवा जिल्ला विद्युत उत्पादनको हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । रसुवामा २२ मेगावाटको चिलिमे विद्युत पहिल्यैदेखि छ । अहिले माथिल्लो त्रिशुली ए, रसुवागढी, तल्लो साङतेन , माथिल्लो साङतेनसहित विभिन्न ठाउँमा गरेर २ सय १६ मेगावाट विद्युत निर्माण कार्य भइरेको छ । जिल्लाभित्र ५ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने दीर्गाकालीन योजनाहरु अगाडि बढिरहेको छ ।
पर्यटनको स्थिति कस्तो छ ?
पर्यटनमा रसुवा पोखरा तथा अन्नपूर्णपछि तेस्रो गन्तव्यको रुपमा रहेको छ लामटाङ, गोसाइकुण्ड, गणेश हिमाल पार्वती कुण्ड पर्यटकहरुको उत्कृष्ट गन्तव्य हुन् । गोसाई कुण्डमा एक सय ८ वटा कुण्ड छन् । गोसाई कुण्डलाई अन्तर्राष्ट्रिय सिमसार क्षेत्र घोषणा गरिएको छ ।
रसुवा दुर्लभ पशुपंक्षी पाइने जिल्ला पनि हो । अन्त कही नपाइने रेड पाण्डा यहाँ पाइन्छ । यहाँ आसामी बाँदर समेत पाइन्छ ।
लमटाङ राष्ट्रिय निकुंज आरक्षण क्षेत्र अन्तरगत दुर्लभ वन्यजन्तु तथा पशुपंक्षी संरक्षण गर्ने कार्य भइरहेको छ ।
चोरी शिकारी कत्तिको छ ?
पहिल चोरी शिकारी अलि बढि नै थियो तर अहिले भने धेरै कम भएको छ । अहिले त चोरी शिकारी हुनै छोडेको छ भन्दा पनि हुन्छ । चोरी शिकारी नियन्त्रणको लागि गोठालाहरुलाई समेत तालिम दिइएर परिचालन गरिएको छ ।
कृषिको अवस्था कस्तो छ ?
रसुवा जिल्लामा सदरमुकाम धुन्चे भन्दा माथिको १० गाविस उत्पादनको हिसाबले खास्सै राम्रो छैन । यी १० गाविसमा भीर पाखा बढी छन् । तर तल्लो भेगको ८ वटा गाविस भने उत्पादन राम्रै हुन्छ । त्यहाँ धान गहुँ, मकै, आलु लगायत विभिन्न खालका तरकारीहरु प्नि फल्छ । त्यहा व्यवसायिक रुपमा बेमौसमी तरकारी खेती समेत हुदै आएको छ ।
हामीले तल्लो भेगलाई कृषिमा प्रोसाहित गराउने र माथिल्लो भेगलाई पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउने योजना बनाएका छन् ।
रसुवामा भुकम्प पीडितहरुको अवस्था कस्तो छ ?
भुकम्पले लामटाङ पुरै विस्थापित भएको छ । याँगा गाउँ र ठूलो गाउँ क्षत विक्षत अवस्थामा पुगेको छ । ३ सय भन्दा बढी परिवार विस्थापित छन् । विभिन्न्न कार्यालयसहित जिल्लाको ९० प्रतिशत घर ध्वस्त छ । भुकम्पले चिलिमे गाविसको तातो पानी मुहान सुकेको छ । अन्य ठाउँन्मा पनि खानेपानजी मुहानजहरु ख्ुकेका छन् । जसको कारण जिल्लामा खानेपानीको समस्या छ । पानी नहुँदा शौचालय प्रयोगमा समस्षा छ । त्यसले स्वास्थ्यमा समेत उत्पन्न भएको छ । त्यही भएर अहिले हामीले खानेपानी तथा सरसई बिशेष ध्यान दिएका छौ ।
भुकम्प पीडितहरुको लागि पहिलो किस्ता बितरण गर्ने कार्य भइरहेको छ । छुटेकाहरुलाई थप्ने कोशिस भइरहेको छ । भुकम्पले कतिपय ठाउँमा जमिन भासिएको छ, ती ठाउँमा बस्न हुने वा नहुने भन्ने बारेमा परीषिण गर्न भुभर्गविदहरुलाई बोलाएका छौ । उहाँहरु केही सातामै आउदै हुनुहुन्छ ।
भुकम्प पीडितहरुको लागि जनप्रतिनिधि र प्रशासन दुबै पक्ष जोडदार रुपमा सक्रिय भइरहेका छौ ।