FLASH NEWS
  • Loading...

नेपालीको मृत्युप्रति भारतले अपसोच गर्यो, तर गल्ति स्वीकार गरेन्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail


नयाँदिल्ली— भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको जवाफमा भारतीय गृहमन्त्री सिंहले घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।
भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहिबार भएको भेटवार्ता उनले सो दुःख व्यक्त गरेका हुन् । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए । सिंहले अपसोच जनाए पनि अरु केहि भनेका छैनन् । नेपाल पक्षले यसमा भारत माफी माग्नु पर्छ भनी रहे पनि भारतले मौन बसेको छ ।
त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमास्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका छन् । भारतले यस्ता वार्तामा सधै सकारात्मक देखाए पनि समय समयमा सीमा स्तभ्ममा आँखा लगाउने गरेको छ । जसको कारण नेपालले आफ्नो भूमि गुमाउदै गएको छ ।
भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान आपसी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले विगतको संविधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यकपर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रहसमेत गरे ।
सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मक रुपमा लिएको गृहमन्त्री निधिल जानकारी गराएका छन् । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी भएका छन् । प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि गृहमन्त्री निधि नयाँदिल्ली पुगेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित