FLASH NEWS
  • Loading...

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो –ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९६ पटक पढिएको
Post Thumbnail


धनगढी–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाको संविधान संशोधनका विषय पहाड र तराईलाई छुट्याउने षड्यन्त्रको भएको बताएका छन् ।
एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएर देशमा अशान्ति मच्चाउन खोजेको आरोप लगाए । उनले निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो नभएकोले निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध नभएको उल्लेख गरे ।
नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो¥याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको र त्यसमा मोर्चाले साथ दिईरहेको धारणा व्यक्त गरे ।
उनले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै चिन्ता व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित