FLASH NEWS
  • Loading...

निर्वाचन र संविधान संशोधन सँगसँगै – नेता खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ४ चैत । स्थानीय तहको निर्वाचनपछि पनि संविधान संशोधन गर्न सकिने भएकाले निर्वाचनमा सहभागी हुन मधेसवादी दललाई आग्रह गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपा (माओवादी केन्द्र)का नेता चक्रपाणि खनाल ‘बलदेव’ले निर्वाचन र संविधान संशोधनलाई सँगसँगै अगाडि बढाउने सरकारको योजना रहेको हुँदा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो ।

“संविधान संशोधन गर्नुपर्छ तर संविधान संशोधनको नाममा निर्वाचनको मिति सार्न सकिँदैन, त्यसैले अहिले निर्वाचन र संशोधनबारे वार्तालाई सँगसँगै अगाडि बढाउनुको विकल्प छैन” – उहाँले भन्नुभयो ।

नेता खनालले सरकार बाहिर रहेका अन्य दललाई समेत सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनपछिमात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिदैं यदि संविधान संशोधनबिना जबर्जस्ती निर्वाचन गरिए मधेसवादी दलले कडा आन्दोलन गर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित