FLASH NEWS
  • Loading...

काँग्रेस बैठक चैत १० मा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ४ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हँुदै आएको छ । पार्टीले आजै एक विज्ञप्तिमार्फत काँग्रेस स्याङ्जाका पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो । काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहनुभएका स्व पौडेलले नेपाली काँग्रेसको सङ्गठन विस्तार तथा नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित