FLASH NEWS
  • Loading...

मेलम्चीको पानी ‘प्रिपेड’ रुपमा बितरण गरिन्छ : खानेपानी राज्यमन्त्री

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं, ४ चैत- खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले मेलम्चीको पानी अत्याधुनिक प्रविधिबाट बितरण गरिने बताएका छन् । ‘उपभोक्तालाई पानी प्रिपेड’ रुपमा बाँड्ने योजना भइरहेको छ’ शिखर नेपालद्धारा शुक्रवार आयोजित कार्यक्रममा राज्यमन्त्री खड्काले भने – पैसा नतिर्ने ग्राहकको पानी मोबाइल फोन जस्तै तुरुन्तै काटिन्छ ।’
राज्यमन्त्री खड्काले संवाद क्लबमा बोल्दै मेलम्ची आयोजना तोकिएकै समयमा पुरा हुनेमा जोड दिए । ‘सुरुङ अब ४ कि.मी बाँकी छ, त्यसलाई पुरा गर्न तीब्र रुपमा खन्ने काम भइरहेको छ’ उनले भने ।
कार्यक्रममा मेलची आयोजनाको लामो अनुभव संगालेका पूर्वसचिव हरिराम कोइरालाले मेलम्ची देशको लागि गौरवशाली आयोजना भएको बताए । ‘खानेपानीमा विश्वकै दोस्रो लामो टनेल मेलम्चीमा भएको बताए ।
कार्यक्रममा मेलम्चीमा कार्यरत इन्जिनियर श्रीराम न्यौपाने, नेपाल स्वास्थ्यका्  लागि पानीका निर्देशक उमेश पाण्डेको सथै यस क्षेत्रमा कार्यरत रामकृष्ण घिमिरे र तारा पौडेल लगायतले आ आफ्ना धारणा व्यक्त गरे । कार्यक्रम शिखर नेपालका अध्यक्ष शेखर खरेलको सभापतित्वमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित