FLASH NEWS
  • Loading...

ठूला दलले मानेनन् आचारसंहिता ः बिजुक्छे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाउनुभएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा रफत क्लबको अन्तक्र्रियामा उहाँले निर्वाचन आयोगले आचारसंहिता जारी गरे पनि ठूला दलले अवज्ञा गरेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले सरकारमा सहभागी दलले नै धेरै आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै आचारसंहिता पालना गर्न आयोगले कडाइ गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

सरकारमा सहभागी दल राप्रपाले निर्वाचन आयोगको काम प्रभावित हुनेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले उपप्रधानमन्त्रीजस्तो व्यक्तिले दिएको यसप्रकारका अभिव्यक्तिलाई तत्काल सच्याउनुपर्छ भन्नुभयो ।

अध्यक्ष बिजुक्छेले निर्धारित मितिमै निर्वाचन सम्पन्न गरेर अनि मात्र संविधान संशोधनतर्फ लाग्नुपर्ने बताउँदै अवरोध पुग्ने ठाउँमा पछि गर्नेगरी अन्य क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित