FLASH NEWS
  • Loading...

निर्वाचन रोक्नु पर्ने कुनै कारण छैन ः रावल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताउनुभयो ।

“निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा हो,” उहाँले भन्नुभयो – “बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।”

उहाँले निर्वाचनको मिति तल माथि भए सरकारले कुर्ची छाड्नुपर्ने वताउनुभयो ।

उहाँले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रीय सदस्य डा रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

उहाँले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताउनुभयो ।
अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उहाँको भनाइ थियो ।

“नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं,” उहाँले भन्नुभयो – “पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित