FLASH NEWS
  • Loading...

निर्वाचन हुन्छ, हुन्छ, हुन्छ –कांग्रेस सभापति देउवा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


भक्तपुर—नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् ।
भक्तपुरको लोकन्थलीमा नेपाली कांग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौं पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शंका नगर्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औंल्याउँदै सभापति देउवाले भने, ‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शंका नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।”
उनले चुनावमा जानुको अब विकल्प नभएकेले चुनाव नभए प्रजातन्त्र नै नरहने बताए ।
हिमाल, पहाड र तराईलाई विभाजन भन्दै एकतालाई खलबलाउने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भने, ‘तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि काँग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित