FLASH NEWS
  • Loading...

बुद्ध दर्शन विश्वभर फैलिएको छ ः प्रधानमन्त्री

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि बुद्ध दर्शनको धेरै ठूलो महत्व रहेको बताउँदै नेपाल र संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज देशका विभिन्न गुम्बाबाट आएका बौद्ध लामा गुरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, संस्कृति र आस्थाप्रति राज्यको सम्मान रहेको छ भन्नुभयो ।

उहाँले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले विश्वभर फैलिएको बताउँदै शान्ति, सद्भाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमबाट देशको समृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पु¥याउने बताउनुभएको थियो ।

भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुसमेतको सहभागिता थियो ।

सो क्रममा गुम्बा विकास समितिले देशका गुम्बाको पुनःनिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फबाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित